Sajhamanch Archive

गरामनीमा बालबालिका लक्षित नृत्य पाठशाला

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by .

गरामनी । बिर्तामोड नगरपालिका वडा नम्बर ९ मा बालबालिका लागि नृत्य प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । शनिबार आयोजित विशेष कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले सो केन्द्र समुद्घाटन गरिदिएकी हुन् ।

उद्घाटन पछि मन्तब्य राख्दै उपप्रमुख महताराले पुरानो शिक्षा प्रणालीले बालबालिकालाई पढेरै जागिर खानुपर्छ भन्ने सिकाए पनि बद्लिदो समयसँगै अबका बालबालिकाले आफूले जानेको ज्ञान, प्रतिभा प्रष्फुटन गरेर जिविकोपार्जन गर्न सक्नुपर्ने बताइन् ।

उनले नृत्य सिक्नु स्वास्थ्यको लागिसमेत लाभदायक भएको बताउँदै बालबालिकाको रुची अनुसार अभिभावकले अघि बढ्नुपर्ने धारणा राखिन् ।

वडा नम्बर ९ को दुर्गा चोकमा उज्यालो दुर्गा बाल क्लबको सक्रियतामा बालबालिकाको लागि नृत्य प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको हो । प्रशिक्षण केन्द्र बालबालिका र स्थानीय जुटेर बाँसबाट बनाइएको छ । प्रशिक्षण केन्द्रमा ३ किलोमिटर दूरीसम्मका ५० बालबालिका नृत्य सिक्नै बिहान ५ बजे आइपुग्ने गरेको बताइएको छ।

प्रशिक्षण केन्द्र बनाउनका निम्ति स्थानीय धिरज मगरले जग्गा उपलब्ध गराएका हुन् । नृत्य सिक्नका लागि आवश्यक पर्ने साउण्ड सिस्टमको व्यवस्था स्थानीय सरोज पौडेलले मिलाइदिएका छन् ।

सो साउण्ड सिस्टम नगर उपप्रमुख प्रसाईले उज्यालो दुर्गा बालक्लबकी अध्यक्ष रिता सापकोटालाई हस्तान्तरण पनि गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *