देउसीभैलो खेलेर जम्मा गरेको रकमले हाँसपोसामा आत्मनिर्भरता तालिम
Published:
by .इटहरी । सुनसरी जिल्लाको इटहरीस्थित हाँसपोसाको आमा समूहले गत तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकमबाट समूहका महिलालाई आत्मनिर्भर बनाउने तालिम दिएको छ ।
लोकतन्त्र र न्यायका लागि आमा समूहले तिहारमा तीन दिनसम्म देउसीभैलो खेलेर संकलन गरेको एक लाख पैंतालिस हजार रुपैयाँ खर्चेर आत्मनिर्भर उन्मुख तालिम दिइएको समूहकी संस्थापक अध्यक्ष कमला खड्काले जानकारी दिइन् । समूहले १९ दिनसम्म गुडिया, क्रिस्टलको माला र फेब्रिक माला बनाउने तालिम दिएको थियो ।
समूहको १६औं साधारणसभाका अवसरमा तालिम लिएका ती महिलालाई प्रमाणपत्र पनि प्रदान गरिएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आमा समूहले देउसी खेलेर संकलन गरेको रकमबाट ब्यवसायिक तालिम प्रदान गरेको भन्दै प्रशंसा गरेका छन् ।
नगरप्रमुख चौधरीले तालिममा सिकेको सीपलाई ब्यवहारमा उतारेर आयआर्जनमा सक्रिय हुन प्रशिक्षार्थीलाई आग्रह पनि गरेका छन् । गाउँगाउँबाट आत्मनिर्भर बन्न सकेमात्र समृद्धि र विकास सम्भव रहेको नगरप्रमुख चौधरीको भनाई छ ।
Comments