जामुनखाडी बस दुर्घटनाका घाइतेको नाम प्राप्त, बिएण्डसीमा उपचार गरिँदै
Published:
by .बिर्तामोड । आज बिहान कनकाई नगरपालिका १ जामुनखाडीमा भएको बस दुर्घटनाका घाइतेहरुको नाम प्रहरीले उपलब्ध गराएको छ । जम्मा १८ जना घाईते मध्येजिल्ला झापाको भद्रपुर नगरपालिका ९ बस्ने वर्ष २८ की सुजन पोख्रेलको उपचारकै क्रममा अस्पतालमा मृत्यू भएको छ भने बाँकीको उपचार भइरहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मोहन थापाका अनुसार उक्त दूर्घटनामा १६ जना घाइते भएका छन् । प्रहरीले उपलब्ध गराएको विवरण अनुसार सो बस र स्कुटीमा सवार निम्न नाम थर वतन र उमेरका घाइते व्यक्तिहरुको उपचार भइरहेको छ ।
१. जिल्ला ईलाम महमाई नपा ७ बस्ने वर्ष ४६ की रेनुका राई ।
२. जिल्ला झापा अर्जुनधारा नपा ४ बस्ने वर्ष ५५ की यमकुमारी कोइराला ।
३. जिल्ला इलाम महमाई नपा दानावबारी बस्ने वर्ष ७को प्रतिक गिरी ।
४. जिल्ला झापा अर्जुनधारा नपा २ बस्ने वर्ष २८को बिनोद भण्डारी । (निज मृतकको श्रीमान)
५. जिल्ला सिरहा गोलबजार नपा १ वर्ष ४० की जानुका मगर ।
६. जिल्ला ईलाम माई नपा १ दानाबारी बस्ने वर्ष २४ की प्रेमकुमारी प्रधान ।
७. जिल्ला इलाम माई नपा १ बस्ने वर्ष ६ को जोन प्रधान ।
८. जिल्ला इलाम माई नपा २ बस्ने वर्ष ३५ की माया गिरी ।
९. जिल्ला इलाम माई नपा ७ बस्ने वर्ष १६ की मनिषा श्रेष्ठ ।
१० जिल्ला झापा अर्जुनधारा नपा ९ बस्ने वर्ष ६३ की चन्द्रकला मिश्र ।
११. जिल्ला ईलाम माई नपा ४ बस्ने वर्ष २६ की अनिता परियार ।
१२. जिल्ला झापा अर्जुनधारा नपा ७ बस्ने वर्ष १० को ग्रिस सुवेदी ।
१३. जिल्ला झापा अर्जुनधारा नपा ७ बस्ने वर्ष ४५ को बासुदेव सुवेदी ।
१४. जिल्ला ईलाम माई नपा बस्ने वर्ष २८ को विशाल मगर ।
१५. जिल्ला झापा बुद्दशान्ति गापा २ बस्ने वर्ष ५० को केदार अधीकारी ।
१६. जिल्ला ईलाम माई नपा १ बस्ने वर्ष २ की जोसना प्रधान ।
Comments