इटहरी फराकिलो बनाउन डोजर निस्किए
Published:
by .इटहरी । इटहरी उपमहानगरले सडक क्षेत्राधिकार भित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समग्रीहरु हटाउन सुरु गरेको छ ।
सडक सुशासन कायम गर्न पूर्व पश्चिम सडकको पचरुखी चौकदेखि सडकको दायाँ बाँया साढे ८२ फिटमा निर्माण गरिएका संरचनाहरु सफा गर्न सुरु गरिएको हो ।
एक सातासम्ममा रामधुनी नगरपालिकाको सीमासम्म क्लियर गरिसक्ने उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् । सात दिनसम्म आफैं हटाउन अनुरोध गर्दा पनि नहटाए पछि उपमहानगरले हटाउन थालेको हो । रामधुनी नगरपालिकाको सीमासम्म सडक सफा गरिसकेपछि अर्को एकहप्ता पचरुखी पूर्व बुढीखोलासम्म पुनः अस्थायी संरचना र राखिएका समग्रीहरु हटाइने नगरप्रमुख चौधरीले जानकारी दिए ।
गतवर्ष भदौमा बुढीखोलादेखि पचरुखीसम्म सफाई गरिएको थियो । यसवर्ष सडक सुशासन अभियान सुरु गर्नुअघि उपमहानगरले सम्बन्धित विषयगत कार्यालय र सबै सरोकारवाला पक्षसँग छलफल गरेको थियो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरतमणि रिजालसमेतको उपस्थितिमा छलफल भएको थियो । छलफल कार्यक्रममा सडक डिभिजन कार्यालय, टेलिकम, विद्युत, यातायात, उद्योग वाणिज्य संघ, जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो ।
Comments