शरणामतीका किसानलाई बाख्रापालन तालिम
Published:
by .शरणामती । एनएमसी एकीकृत नमूना कृषि परियोजनाको आयोजनामा आज शरणामती कार्यालयले आफ्ना सदस्यहरुलाई बाख्रापालन सम्बन्धी तालिम प्रदान गरेको छ ।
शरणामती कार्यालयगत समिति संयोजक धनपति रिजालको अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथि झापा गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष हरिबहादुर बानियाँ रहेका थिए ।
उक्त तालिमको सहजीकरण अर्जुनधारा नगरपालिकाका पशुपंक्षी अधिकृत पदम राईले गरेका थिए । तालिममा सदस्यहरुलाई विभिन्न जातका बाख्राका बारेमा साथै बाख्रापालन गर्दा अपनाउनु पर्ने विभिन्न विषयका बारेमा प्रष्ट पारेको थिए ।
संस्थाका अध्यक्ष रामचन्द उप्रेतीले संस्थाको संक्षिप्त परिचय राख्नुको साथै संस्थाले सन्चालन गरेको विभिन्न परियोजनाका बारेमा बताएका थिए ।
नमूना कृषि परियोजनाका संयोजक केशवप्रसाद पोख्रेलले तालिमको औचित्य माथि प्रकाश पारेको तालिमको सन्चालन कृषि परियोजनाका प्रशासनिक प्रमुख भुपाल गौतमले गरेका थिए ।
Comments