भदौ ३० देखि पूर्वाञ्चल इक्यान महोत्सव
Published:
by .बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चलले विराटनगर र बिर्तामोडमा २–२ दिनको शैक्षिक महोत्सव आयोजना गर्ने भएको छ ।
आज बिर्तामोडमा इक्यान पूर्वाञ्चलले पत्रकार सम्मेलन गरी आगामी भदौ ३० र ३१ गते विराटनगरको सेन्ट्रल मलमा तथा असोज १ र २ गते बिर्तामोडस्थित सिटी पार्टी प्यालेसमा महोत्सव आयोजना गरिने जानकारी दिएको हो ।
नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा भावी सम्भावना र अवसरहरुको परामर्श दिने हेतुले महोत्सव आयोजना गरिएको इक्यान पूर्वाञ्चलका अध्यक्ष रोशन निरौलाले बताए ।
उक्त महोत्सवमा विराटनगर र बिर्तामोडमा ३५–३५ वटा स्टलहरु रहने छन् । साथै विभिन्न देशका युर्निभर्सिटी, कलेज तथा नेपालका कन्सल्टेन्सीहरुको सहभागिता रहने अध्यक्ष निरौलाले जानकारी दिए ।
बिर्तामोड र विराटनगरमा हुने चार दिने शैक्षिक महोत्सवमा करिब २० हजार विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने र सो महोत्सवमा करिब २१ लाख रपैयाँ खर्च हुने अनुमान रहेको महोत्सवका झापा कोअर्डिनेटर मदन बुढाथोकीले बताए ।
सो संस्थाले गत वर्ष पनि बिर्तामोडमा उद्घाटन गरेर विराटनगरमा शैक्षिक महोत्सव आयोजना गरेको थियो ।
Comments