Sajhamanch Archive

सप्तकोशीले दियो सर्वसाधारणलाई वित्तीय साक्षरता तालिम

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड बिर्तामोड शाखाले बिर्तामोड ६ बुट्टाबारी क्षेत्रका किसानलाई लक्षित गरी शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोड नगरपालिका वडा नंम्बर ६ को समन्वयमा सरस्वती मावि बुट्टाबारीमा आयोजित कार्यक्रममा सो वडामा सञ्चालित १७ वटा टोल विकास संस्थाका ९० जना कृषकहरुको सहभागिता रहेको थियो । बैंकका शाखा प्रबन्धक जीवनकुमार बुढाथोकीले दिएको जानकारी अनुसार करिब एक हजार हाराहारी घरधुरीलाई लाभान्वित गर्ने उद्देश्यले सञ्चालन गरिएको वित्तीय साक्षरता कार्यक्रममा बैंकले कृषि क्षेत्रमा गरिरहेको लगानीका बारेमा अवगत गराएको थियो ।

कृषि संयोजक तथा वडासदस्य पर्शुराम खनालको अध्यक्षतामा आयोजित वित्तीय साक्षरता कार्यक्रममा वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा प्रमुख अतिथि रहेका थिए । बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर त्यस क्षेत्रका कृषकहरुलाई लाभ पुर्याउने उद्देश्यले लघु तथा विपन्न कर्जा प्रदान गरिरहेको, व्यवसायिक कृषि कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशिलता कर्जा लगायत बैंकले दिने सेवाका बारेमा शाखा प्रबन्धक बुढाथोकीले जानकारी गराएका थिए ।

सो कार्यक्रममा विष्णु बराल, प्रकाशचन्द्र उप्रेती लगायतले कृषि तथा पशुपालन क्षेत्रमा आ–आफ्नो धारणा राखेका थिए ।

बैंकले हाल कर्पोरेट कार्यालय विराटनगरसहित २७ वटा शाखामार्फत विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटेन्स सुविधा, मोबाईल बैंकिङलगायतका सुविधा प्रदान गर्दै आइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *