Sajhamanch Archive

शहीद परिवार र प्रजातान्त्रिक योद्धाको घर–घरमा कांग्रेस

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । दोस्रो चरणको देशब्यापी हिपतम जागरण अभियान शुरु गरेको नेपाली कांग्रेसले शुक्रबार अन्तरक्रिया, युवा केन्द्रित कार्यक्रम, अग्रज प्रजातान्त्रिक योद्धा तथा शहीद परिवारसँग भेटघाट गरेको छ ।

जागरण अभियान अन्तर्गत शुक्रबार क्षेत्र नं. २ ले प्रदेश क र ख क्षेत्रमा रहेका प्रजातान्त्रिक योद्धा तथा शहीद परिवारसँग भेट गरेको हो । दोस्रो जनआन्दोलनका शहीद राजन गिरीको आमाबुवासँग उहाँहरुकै घरमा गएर नेताहरुले भेटेका हुन् ।

२०६२/०६३ को जनआन्दोलनका क्रममा २०६३ साल बैशाख ६ गते झापाको चन्द्रगढीमा सुरक्षाकर्मीको गोली लागेर राजन गिरीको निधन भएको थियो ।

यसरी नै जिउँदो शहीद मानिएका घैलाडुब्बा निवासी सुरेश ढेना बास्केको घर–परिवारसँग पनि भेट गरिएको छ । २०१८ सालदेखि नै नेपाली कांग्रेसको मुक्तिसेनामा आवद्ध भएर प्रजातान्त्रिक आन्दोलनका क्रममा जेल, नेल, यातना भोगेका बास्केको घरमा पुगेर भलाकुसारी गरिएको पार्टी प्रवक्ता लोकराज ढकालले जानकारी दिए ।

आज झापाका निर्वाचन क्षेत्र नं. १, २ र ४ मा अन्तरक्रिया, प्रजातान्त्रिक योद्धासँग भेटघाट तथा जनप्रतिनिधिसँग छलफल गरेर हिपतम जागरण अभियान सञ्चालन गरिएको पार्टीले जनाएको छ । अन्तरक्रिया कार्यक्रममा सामाजिक संवाद र सामाजिक विकृति÷विसंगति विरुद्ध छलफल गरिएको जनाइएको छ ।

कांग्रेसले खटाएका केन्द्रीय प्रतिनिधिहरु तथा जिल्ला नेताहरु शहीद परिवार र क्रान्ति योद्धाका घरघरमा पुगेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *