Sajhamanch Archive

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चार रुपैयाँ मै विद्युतीय सवारी साधन चार्ज गर्न सकिने बताएको छ । आइतबार बिद्युत प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सिईओ) कुलमान घिसिङले यस्तो बताएका हुन् ।

पछिल्लो समय मुलुकमा विद्युत उत्पादन बढेको र वातावरणीय सुव्यवस्थालाई ध्यानमा राखि विद्युतीय सवारीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गर्न लागिएको बताएका छन् । विद्युतीय चार्जिङ पोईन्टको नीति बनिसकेको र यसको कार्यन्वयनमा जान लागिएको कार्यक्रममा बताएका छन् ।

विद्युतीय सवारी चार्जका लागि बिशेष रात्रिकालिन समयलाई व्यवस्था गर्न लागिएको घिसिङले जानकारी गराएका छन् । विद्युतीय चार्जिङ पोईन्ट वा चार्जिङ स्टेसन जोकोहीले पनि राख्न सक्ने तर बिद्धुत प्राधिकरणले लिएको महसुलको अधिकतम २० प्रतिशत सम्म उपभोक्ताहरुसँग लिन पाउने प्राधिकरणले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *