Sajhamanch Archive

एनएमसीका सदस्यलाई तरकारी उत्पादन सम्बन्धी प्राविधिक तालिम

Published: in राष्ट्रिय समाचार, सहकारी by .

दुहागढी । एनएमसी एकीकृत नमूना कृषि परियोजनाको आयोजनामा आज मेचीनगर– १४ ढुहागढीमा कृषि पेशामा आबद्ध आफ्ना सदस्यहरलाई लक्षित गरेर तरकारी उत्पादन सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको छ ।

एनएमसी एकीकृत नमूना कृषि परियोजनाका संयोजक केशवप्रसाद पोख्रेलको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नंं १४ का वडाध्यक्ष शङकरप्रसाद पोख्रेल रहेका थिए ।

उक्त तालिमको सहजीकरण मेचीनगर नगरपालिकाका प्राविधिक सहायक कविता पौडेलले गरेकी थिइन् । तालिममा सहजकर्ता पौडेलले कृषकहरुलाई तरकारी उत्पादन गर्दा आउने समस्याहरुका साथै त्यस्ता समस्याहरुलाई कसरी निराकरण गर्ने भन्ने उपायहरुका बारेमा प्रष्ट पारेकी थिइन् ।

तालिममा सहभागीहरुलाई उब्जाउयोग्य माटोको परीक्षण गर्ने तरिका, बेर्ना उत्पादन गर्दा ब्याड राख्ने तथा बिरुवा रोप्ने प्राविधिक तालिम पनि प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष रामचन्द उप्रेतीले संस्थाको संक्षिप्त गतिविधि राख्नुको साथै नमूना कृषि परियोजना सञ्चालन गर्नुका उद्देश्यका बारेमा बताएका थिए ।

नमूना कृषि परियोजनाका सदस्य चन्द्रप्रसाद सिग्देलले तालिमको औचित्य माथि प्रकाश पारेको तालिम कार्यक्रमको सञ्चालन नमूना कृषि परियोजनाका प्रसासनिक प्रमुख भूपाल गौतमले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *