सहाराका महिला सदस्यलाई कानूनी साक्षरता तालिम
Published: (Updated: )
by .बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले आज महिला कानूनी सचेतना तालिम प्रदान गरेको छ ।
लक्ष्मीपुरमा आज सम्पन्न तालिमको सहजीकरण अधिवत्ता दीपेन्द्र भट्टराइले गरेका थिए । अधिवक्ता भट्टराइले नयाँ संविधानमा महिलाका अधिकारका विषयमा जानकारी गराएका थिए ।
उनले महिलाका अधिकारहरु, मौलिक हक, नागरिकता बनाउने, अंशवण्डा, करणी कानून, देवानी मुद्धा, फौजदारी मुद्धा, स्थानीय सरकारका कानूनी हक अधिकार लगायत विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । तालिममा ४० जना महिलाको सहभागिता थियो ।
सहारा नेपाल साकोसका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य चित्रकला ओलीले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् । सहारा नेपालले महिलालाई सशक्तिकरण गर्न सहाराका महिला सबै क्षेत्रमा पहिला संस्थाको नारा पूरा गराउन यस्तो तालिमको आयोजना गरिएको उनले बताइन् ।
‘सहाराका महिला सदस्यहरुलाई वित्तीय साक्षरता, कानूनी साक्षरता एवम् स्वास्थ्य साक्षरता बनाउने कार्यक्रम अन्तरगत यो कानूनी साक्षरता बनाउने अभियाना हो’ सञ्चालक ओलीले बताइन् ।
सो कार्यक्रममा अर्जुनधारा नगरापालिका वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारती, कनकाई नगरपालिका वडा नं. ८ का अध्यक्ष प्रेमबहादुर कटुवाल, सहारा नेपाल साकोसका सञ्चालक सदस्य नरहरि न्यौपाने, चारपाने कार्यालय प्रमुख जगत कार्कीलगायतले मन्तव्य राखेका थिए ।
Comments