Sajhamanch Archive

मेची भन्सारको राजश्व स्वाट्टै तल

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

मेचीनगर । प्रदेश १ को सर्वाधिक राजस्व संकलन गर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाले चालू आर्थिक वर्षको बितेको दुई महिनामा लक्ष्यको तुलनामा कम संकलन गरेको छ ।

वार्षिक १३ अर्ब २४ करोड १९ लाख ९ हजार रुपैयाँको लक्ष्य तोकिएको मेची भन्सारले साउन महिनामा १ अर्ब ६२ करोड ६३ लाख ७ हजार रुपैयाँ संकलन गर्नुपर्ने थियो । तर, व्यापारमा आएको गिरावटका कारण ७१ करोड २७ लाख १६ हजार रुपैयाँ अथवा ६७ दशमलव शून्य ७ प्रतिशतमात्र राजस्व संंकलन गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिएका छन् ।

यस्तै भदौ महिनामा १ अर्ब ३२ करोड ७९ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य तोकिएको भए पनि ९० करोड ४४ लाख १ हजार अर्थात् ६८ दशमलव ११ प्रतिशतमात्र सफल भएको छ ।

मेची भन्सार कार्यालय मातहतमा रहेको भद्रपुर छोटी भन्सार कार्यालयलाई प्रमुख भन्सारमा स्तोरन्नति गर्नु, व्यापारको आकार घट्नु तथा व्यवसायी पलायन भएका कारण पनि राजस्व असुलीमा समस्या थपिएको भन्सार अधिकारीको भनाई छ ।

भारतबाट आउने कोइला तथा क्लिङ्कर, बंगलादेशबाट आउने पेय पदार्थको आयात ओरालो लाग्नुले पनि कार्यालयको राजस्व असुलीमा कमी आएको प्रमुख भन्सार अधिकृत अर्याल बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *