Sajhamanch Archive

बिराट बहुउद्देश्यीय सहकारीको शेयर पूँजी साढे ६ करोड

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड ३ को १४औं वार्षिक साधारणसभा आज विविध रचनात्मक निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

राष्ट्रिय सभाका सदस्य हरिचरण शिवाकोटीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारणसभामा संस्थाका अध्यक्ष मोहन शिवाकोटीले २८ करोड ८ लाख ३३ हजार २६० रुपैयाँ वासलातसहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षसम्ममा दुई हजार ६७४ शेयर सदस्य बनाएको, शेयर पूँजी छ करोड ६० लाख ७ हजार ६०० रुपैयाँ रहेको उल्लेख छ । संस्थाले यो वर्षमामात्र एक करोड ५० लाख २१ हजार ६७ रुपैयाँ शेयर पूँजी थप गरेको छ ।

संस्थाले वर्षैभर सदस्यको सुखदुखमा अभिभावकत्व लिँदै सदस्य परिवारमा काजकिरिया खर्च प्रदान गरेर, सुत्केरी पोषण सुविधा दिएर वा यस्तै अन्य विविध क्षेत्रमा सहयोग गरेको अध्यक्ष शिवाकोटीले बताए ।

संस्थाले आव २०७५/०७६ मा ५० लाख रुपैयाँ हाराहारी नाफा कमाएको प्रतिवेदनमा जनाइएको छ । संस्थाले समीक्षा वषमा ६९ करोड २२ लाख २७ हजार १४० रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६६ करोड ९५ लाख ७९ हजार ६९६ रुपैयाँ निक्षेप फिर्ता भएको छ । यसैगरी, अघिल्लो आर्थिक वर्षमा १३ करोड २७ लाख १८ हजार ४२९ रुपैयाँ कर्जा लगानी गरिएको छ ।

प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षमा ३ करोड २५ लाख ९८ हजार २४६ रुपैयाँ आम्दानी र २ करोड ७७ लाख ७९ हजार २९० रुपैयाँ खर्च गरेको छ । संस्थामा दुई ३९० सदस्य रहेका छन् ।

संस्थाका सचिव रुद्र सिटौलाले सञ्चालन गरेको १२औं वार्षिक साधारणसभामा उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक पर्शुराम सिटौलाले स्वागतसहित भवन निर्माण सम्बन्धी प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो समारोहमा लेखा सुपरीवेक्षण समितिका संयोजक होमप्रसाद सिटौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अनारमनी पब्लिक क्याम्पसका अध्यक्ष राजकुमार पोखरेल, बिर्तामोड नगरपालिका वडा नं. ३ का अध्यक्ष भोजराज सिटौला, संस्थाका प्रमुख सल्लाहकार उमानाथ ओलीलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा संस्थालाई विशिष्ट योगदान पुर्याउने सदस्यका रुपमा रणबहादुर राजवंशीलाई सम्मान गरिएको छ भने उत्कृष्ट बचतकर्ता राजन मैनाली र बलराम सुवेदी, उत्कृष्ट ऋणी कल्पना सुवेदी खड्का र जसोदामाया विष्टलाई नगदसहित सम्मान गरियो ।

यसैगरी, एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने वर्षा बजगाई, सुनिल अधिकारी र सविना पाठकलाई छात्रवृत्ति रकम प्रदान गरिएको छ भने उत्कृष्ट कर्मचारीका रुपमा अम्बिका कार्की कटुवाललाई पुरस्कृत गरियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *