बालबालिकाका लागि विद्यालयलाई सामग्री
Published:
by .भद्रपुर । स्थानीय एक विद्यालयलाई साना बालबालिकाका लागि शैक्षिक तथा खेल सामग्री प्रदान गरिएको छ ।
भद्रपुर नगरपालिकाले भद्रपुर वडा नं १० स्थित कृष्ण प्राविको बाल विकास कक्षाका लागि पिङ, चिप्लेटीलगायतका खेल सामग्री र शैक्षिक सामग्री वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव न्यौपानेको अध्यक्षतामा बुधबार आयोजित एक संक्षिप्त समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, १० नं वडाध्यक्ष टेकबहादुर खड्का ‘काजी’, स्रोत व्यक्ति प्रेम भुजेललगायतले ती सामग्री प्रधानाध्यापक किशन न्यौपानेलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
नगरपालिकाको सामाजिक विकास शाखाका राजन न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक न्यौपानेले विपन्न समुदायका बालबालिका अध्ययन गरिरहेका सो विद्यालयका बालबालिकाका लागि खेल सामग्री प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यसले बालबालिकाको शिक्षा र क्षमता विकासमा सहयोग पुग्ने बताए ।
४६ जना विद्यार्थीले पठनपाठन गरिरहेको सो विद्यालयमा २२ जना सन्थाल समुदायका विपन्न परिवारका रहेको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए ।
Comments