झापा स्पोर्टस् अवार्डः उमेश, एस्तर, अप्सरी, हरि, कर्ण र गणेशविक्रम अवार्डेड
Published:
by .बिर्तामोड । झापा स्पोर्टस् अवार्ड २०७५ को वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिलातर्फ एस्तर राई भएका छन् ।
शारीरिक सुगठनका उमेश राईले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल हात पारेका छन् । उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनका राम दाहाललाई पछि पारेका हुन् । राई साउथ एसियन च्याम्पियन पनि हुन् ।
स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको अवार्ड झापाकी करा“ते खेलाडी एस्तर राईले जितिन । एकेएफ केडेट च्याम्पियन राईले मनोनयनमा परेका फुटबलर एन्जिला तुम्बापो र भलिबलकी बिनिता बुढाथोकीलाई पछि पारिन् । वर्ष उत्कृष्ट खेलाडीको अवार्ड विजेता राईले एक थान स्कुटर प्राप्त गरिन् ।
यसैगरी वर्ष उत्कृष्ट खेलाडी युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन् । मेचीनगरकी बेगमले मनोनयनमा परेका फुटबलर छिरिङ गुरुङ र ब्याटमिन्टनकी अमिता गिरीलाई पछाडि पारेकी हुन् । युवा वर्ष खेलाडी भएकी बेगमले नगद २५ हजार रुपैया“ प्राप्त गरिन् ।
वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका हरि खड्काले जिते । उनले बक्सिङका डम्बर लिम्बू र करा“तेका प्रशिक्षक योगेश राईलाई पछाडि पारे । खड्काले नगद २५ हजार रुपैया“ हात पारे । पिपुल्स च्वाइ“जको अवार्ड फुटबलर कर्ण लिम्बूले जिते । उनले पनि नगद २५ हजार रुपैया“ प्राप्त गरे ।
लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार भलिबलका गणेशविक्रम नेम्वाङले प्राप्त गरे । उनले नगद ३५ हजार रुपैया“ प्राप्त गरे ।
२०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा पछिल्लो तीन वर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।
Comments