भद्रपुरका बोनम्यारो क्यान्सर पिडीत दाहाललाई सहयोग जुट्न शुरु
Published:
by .भद्रपुर । बोनम्यारो क्यान्सर रोगबाट पीडित रहेका भद्रपुर ९ निवासी ४९ वर्षीय निर्मल दाहालको उपचारका लागि आज २१ हजार ७३० रूपैयाँ आर्थिक सहयोग जुटेको छ ।
आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको खबर सार्वजनिक भएपछि चन्द्रगढी सेवा समाजको पहल तथा कनकश्री टोल विकास संस्था भद्रपुर ८ को संयोजनमा संकलित रकम दाहाललाई आजै हस्तान्तरण गरिएको हो ।
दाहालको उपचार सहयोगार्थ समाजले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा संकलित ८ हजार २३० रूपैयाँ तथा कनकश्री टोलबाट संकलित १३ हजार ५०० गरी २१ हजार ७३० रूपैयाँ दाहालको घरमै गएर हस्तान्तरण गरिएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा चन्द्रगढी सेवा समाजका अध्यक्ष कमलप्रसाद अधिकारी, कनकश्री टोल विकास संस्थाका कृष्ण कटुवाललगायत शुभेच्छुक दाता महानुभावहरूको उपस्थिति रहेको थियो ।
कमजोर आर्थिक अवस्था भएका दाहाल पानीपुरी बेचेर जीवनयापन गरिरहेका थिए । हाल १५ दिनमा ४ पोका रगत चढाएर बाँचिरहेका दाहालले समाजको सहयोगले नयाँ जीवन पाउने आशा गरेका छन् ।
Comments