Sajhamanch Archive

एनएमसीद्वारा हाजिरीजवाफ प्रतियोगिता तथा प्रजनन स्वास्थ्य प्रशिक्षण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, स्वास्थ्य by .

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको सामाजिक सरोकारसँग सम्बन्धित वित्तीय साक्षरता समितिको आयोजनामा मेचीनगरभित्रका स्टुडेन्ट सेभिङ्ग क्लबस्तरीय हाजिरीजवाफ प्रतियोगिता चारआलीस्थित शहिद दशरथचन्द माविमा आज सम्पन्न भएको छ ।

संस्थाले विद्यार्थीहरुमा वित्तीय क्षमता अभिवृद्धि गर्न टेवा पुगोस भन्ने हेतुले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । विद्यार्थीहरुमा किताबी ज्ञानमात्र नभई बाहिरी ज्ञान पनि हुनु आवश्यक रहेकोले यस्तो कार्यक्रम गरिएको समितिका सदस्य कमलप्रसाद पाठकको भनाई छ ।

संस्थाको नीति बमोजिम स्टुडेन्ट सेभिङ्ग क्लब गठन भएका विद्यायलयका विद्यार्थीहरुलाई सहभागी गराएर हाजिरीजवाफ कार्यक्रमको आयोजना गर्ने गरिन्छ । यसरी गठन भएका विद्यालयमा वार्षिकरुपमा कम्तीमा एकपटक विभिन्न रचनात्मक एवम् सिर्जनात्मक गतिविधिसहितका अतिरिक्त क्रियाकलाप आयोजना गर्ने गरिएको समितिका संयोजक गोपाल प्याकुरेलको भनाई छ ।

वित्तीय साक्षरता समितिका संयोजक प्याकुरेलको अध्यक्षता तथा शहीद दशरथचन्द्र माविका प्रधानाध्याक रमेशकुमार सापकोटाको प्रमुख आतिथ्यमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । सो प्रतियोगितामा भानु मावि बाहुनडागी प्रथम, शहीद दशरथचन्द मावि चारआली दोस्रो, तारापुन्ज बोर्डिङ्ग स्कूल काँकरभिट्टा तेस्रो तथा पवित्र मावि बाहुनडाँगी सान्तवना भएका छन् ।

प्रथम, दोस्रो, तेस्रो तथा सान्तवना हुने विद्यालयले नगद ६ हजार, ४ हजार ५००, ३ हजार र १ हजार ५०० रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त कार्यक्रम वित्तीय साक्षरता समितिका सदस्य सचिव अरुणकुमार प्रधानले सञ्चालन गरेका थिए ।

यौन तथा प्रजनन स्वास्थ्य प्रशिक्षण

यसैबीच, एनएमसी अन्तरगत महिला सशक्तिकरण समितिको आयोजनामा धुलाबारी माद्यमिक विद्यालायका छात्राहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य प्रशिक्षण कार्यक्रम पनि आजै सम्पन्न भएको छ ।

विशेष गरी छात्राहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा करिब १०० जना अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रजनन स्वास्थ्य विरामी वा रोगबाट मुक्त हुनमात्र नभई शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट पूर्णरुपमा स्वास्थ्य रहनु हो । साथै प्रजनन प्रणाली, यसको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु हो । मानिस सामाजिक रुपमा पनि स्वस्थ हुनु जरुरी छ । अर्काको सम्मानमा ठेस पुग्नेगरी जिस्काउने, छुने, यौन हैरानी गर्ने कार्यलाई प्रजनन अस्वास्थ्यता हुने एक अभिभावकको भनाई छ ।

संस्थाका उपाध्यक्ष भगवती घिमिरे मैनाली तथा महिला सशक्तिकरण समितिका संयोजक हेमा सिटौलाको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । धुलाबारी कार्यालयगत समितिका संयोजक पवित्रा न्यौपानेको स्वागत मन्तव्य तथा महिला सशक्तिकरण समितिको सदस्य मुना कुइँकेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *