लैङ्गिक हिंसा विरुद्ध चेतना फैलाउँदै एनएमसी
Published: (Updated: )
by .हल्दिबारी । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आज हल्दिबारी गाउँपालिका वडा नं. १ मा सचेतना कार्यक्रम गरिएको छ ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगत महिला सशक्तिकरण समितिको आयोजनामा वडा कार्यालयको सभाहलमा सचेतना कार्यक्रम गरिएको हो ।
समितिका संयोजक हेमा सिटौलाको अध्यक्षता तथा वडा अध्यक्ष त्रिलोचन सापकोटाको प्रमुख आतिथ्यमा सचेतना कार्यक्रम गरिएको हो । संयोजक सिटौलाले आयोजनाको औचित्य माथि प्रकाश पारेर सुरु भएको सचेतना कार्यक्रमको सहजीकरण अधिवक्ता तारादेवी बाराकोटीले गरेकी थिइन् ।
मुख्य सहजकर्ता रहेकी अधिवक्ता बाराकोटीले लैंङ्गिक हिंसाको बारेमा जानकारी गराउँदै यसको वर्तमान अवस्थाको चर्चा गरिन् । अधिवक्ता बाराकोटीले घरेलु हिंसा तथा लैङ्गिक हिंसाको फरक केलाउँदै लैङ्गिक हिंसा विरुद्धको दिवस किन मनाउन थालियो भन्नेबारे प्रकाश पारिन् ।
सहजीकरणका क्रममा सहभागीहरुको ज्ञान र चेतनालाई प्रष्फुटन गराउने अवसर प्रदान गर्दै अधिवक्ता बाराकोटीले सामाजिक हिंसा, घरेलु हिंसा, आर्थिक हिंसा, कानूनी हिंसा, राजनीतिक हिंसा, मानसिक हिंसा, शारीरिक हिंसा, यौनजन्य हिंसा आदिका बारेमा छलफल गरेकी छन् ।
संस्थाको सामाजिक सरोकार समितिका सदस्य सचिव अरुणकुमार प्रधानले सञ्चालन गरेको सचेतना कार्यक्रममा हल्दिबारी गाउँपालिका, कार्यपालिका सदस्य सरिता न्यौपानेसहित सयजना हाराहारीको सहभागिता थियो ।
Comments