Sajhamanch Archive

पत्रकार गिरी र सांसद सरावगीसहित ८ सम्मानित

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । झापा उद्योग वाणिज्य संघको ५३औं साधारणसभा तथा २३औं अधिवेशनको उद्घाटको अवसरमा आज अग्रज पत्रकार गोपाल गिरी सम्मानित भएका छन् ।

उद्योग वाणिज्यको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै गिरीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । पत्रकार गिरी नागरिक एफएम भद्रपुरका समचार सम्पादक हुन् ।

यसरी नै सो अवसरमा उद्योग वाणिज्य संघमा आबद्ध रहेर विभिन्न चरणमा जनप्रतिनिधिका रूपमा निर्वाचित प्रदेश सांसद ओमप्रकाश सरावगी, भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठ र भद्रपुर ३ का वडाध्यक्ष कमला थुलुङ प्रशंसित भएका छन् । उनीहरुसँगै भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज), वडा सदस्य अजय साहेवाला, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र वडाध्यक्ष लखनलाल महतोलाई दोसल्ला ओढाएर प्रशंसापत्रले प्रदान गरिएको छ ।

संघका अध्यक्ष नवराज पनेरू (राजु)को अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रराज ढकालको प्रमुख आतिथ्यमा साधारणसभा उद्घाटन गरिएको हो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य केशवराज पाण्डे र उमेश डालमिया, झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार घिमिरे, नेकपा झापा जिल्ला कमिटी सदस्य अशारू राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बरिष्ठ उपाध्यक्ष कालीचरण बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव पंकजकुमार शर्माले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *