Sajhamanch Archive

स्थानीय सरकार मातहत सहकारीः जाने श्रीखण्ड नजाने खुर्पाको बिंड

Published: in मुख्य समाचार, विचार/ब्लग, सहकारी, स्थानीय तह, by .

सरकार र सहकारीले गर्न चाहेका धेरै कुरा समान छन् । सरकारले जनतासँग कर उठाएर विकास गर्छ । सहकारीले सेवा, कृषि, व्यपार र उद्योग, व्यावसाय सञ्चालन गरेर सरकारलाई कर तिर्छ । रोजगारी सिर्जना गर्छ । साधारण मानिसलाई बिना भेदभाव सदस्य बनाएर संगठित गर्छ । सदस्यको व्यावसायमा हरतरहले सहयोग गर्छ । सफल बनाउन प्रयास गर्छ । भर अभरमा सहयोग गर्छ । सीप सिकाउँछ । शिक्षा र सन्देशमुलक कार्यक्रम चलाउँछ ।

सहकारी पनि सामुदायको विकासमा यसरी जोडिएको हुन्छ । सरकार पनि समुदायको विकाससँगै जोडिएको हुन्छ । सरकारले पूर्वाधार विकासमा लगानी गर्छ । बाटो, स्कूल, अस्पताल, बिजुली, खानेपानी, सञ्चारजस्ता विकासका आधार सरकारले बनाउँछ । त्यसको उपभोग गर्नसक्ने गरी आम मानिसको क्षमताको विकासमा सहकारीले सघाउ पुर्याउँछ । सरकारले पूर्वाधारको विकास गर्यो तर त्यसलाई उपभोग गर्ने गरी आम नागरिकको क्षमताको विकास भएन वा हुन सकेन भने त्यस्तो विकास अपूर्ण हुन्छ । भएको पूर्वाधारलाई जोगाउने काम सरकारको भन्दा धेरै नागरिकको हो । नागरिकले त्यसको उपभोग गरेर फाइदा लिन सक्ने भएमात्र त्यस्तो विकासका संरचनाको रेखदेख, माया र संरक्षण गर्न सक्छन् ।

आम मानिसको बुझाइमा विकास भनेको बाटो, बिजुली, पूल, स्कूल, अस्पताल, सञ्चार आदि बनाउनु हो । त्यसैले स्थानीय सरकारको ध्यान पनि यस्तैको निर्माणमा धेरै छ । यस्ता काम देखिने र जस दिने खालका हुन्छन् । तर विकासको परिभाषा यति मै सिमित हुँदैन । आम नागरिकले यस्ता विकासका पूर्वाधारको प्रयोगमा सहजै पहुँच राख्न सक्छन् कि सक्दैनन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । जस्तै बाटो, बिजुली, स्कूल, अस्पताल, सञ्चारको सुविधा गाउँमा पुग्यो तर गाउँमा रोजगारीको सम्भावना भएन भने मानिसले जहाँ रोजगारी हुन्छ त्यहाँ जानुपर्ने बाध्यता हुन्छ । त्यो बेला गाउँमा पुगेको विकासको पूर्वाधारमा गाउँ छाड्न बाध्य भएकाहरु रमाउन सक्दैनन् ।

सरकारको काम सुरक्षा, पूर्वाधार र अनुकूल वातावरण बनाउने हो । सहकारीको काम स्थानीयस्तरमा आम मानिसलाई संगठित गरेर सचेत पार्दै पेशा, व्यावसाय, उद्यमशिलता, सामाजिक न्याय आदिसँग जोड्नु हो । साधारण मानिसको आर्थिक र सामाजिक पहुँच एवम् साझा संस्कृतिको विकासमा सघाउनु हो । सारमा दुवैको साझा लक्ष सम्पूर्ण विकास हो । जुन विकासले आम नागरिकको जीवनमा परिवर्तन ल्याउन सहज होस् । अभाव, विभेद र अपमानमा बाँचेकाहरुको जीवन जिउन सहज होस् ।

देश संघीयतामा गएसँगै स्थानीय सरकारको मातहतमा धेरै सहकारी संस्थाहरु आएका छन् । अहिले प्रदेशको कार्यक्षेत्र भित्र परेका धेरै सहकारी स्थानीय सरकारको मातहतमा आउने पक्का छ । किनकी दुई वा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएका सबै सहकारी प्रदेशको कार्यक्षेत्रमा पर्दछन् । तीमध्ये धेरैको मुख्य कारोबार र क्षेत्र एउटै पालिका हो र जोडिएको पालिकाको एक–दुई वडासमेत कार्यक्षेत्र भएकाले ती प्रदेशमा परेका छन् । ती धेरैले आफ्नो विनियममा संशोधन गरेर एक पालिकामा सिमित गर्न चाहेको अवस्था छ । कल्याण पनि त्यसैमा हुन्छ । किनकी स्थानीय पालिकामा काम गर्न सजिलो हुन्छ तर प्रदेशमा जान आउन धेरै समय र पैसा लाग्छ । यस्तो अवस्थामा धेरै सहकारीको रोजाई एउटा पालिकामात्रै हुनु स्वाभाविक हुन्छ ।

जस अपजस अब पालिकाको :

पालिका जन्मनुभन्दा पहिला नै दर्ता भएर कानून सम्मत चलेका सहकारीको नियमन, अनुगमन र संरक्षण गर्ने कानुनी दायित्व स्थानीय पालिका अर्थात् स्थानीय सरकारको मातहतमा आएको छ । पहिला कुनै सहकारी असफल भयो भने त्यसको जिम्मा स्थानीय तहले लिनु पर्दैनथ्यो । किनकी दर्ता, नियमन गर्ने निकाय अलग्गै थियो । तर अहिले अवस्था फेरिएको छ ।

त्यसैले स्थानीय सरकारले आपूm मातहतमा भएका सबै सहकारीको अवस्था के छ ? कसरी चलेका छन् ? सुशासनको अवस्था के छ ? त्यो थाहा पाउनु पर्छ । आवश्यकता अनुसार निर्देशन दिने, नियमन गर्ने जिम्मा पनि स्थानीय सरकारको हो । हामीले दर्ता गरेको होइन, चल्दै छन्, ठिकै होलान् । खै कसैले उजुरी गरेका छैनन्, भनेर स्थानीय सरकार चुप लागेर बस्नु हुँदैन ।

यहाँ एउटा सानो कथा जोड्न मन लाग्यो । एउटा सिकारु चालकले आफ्नो सवारी ब्याक गर्नुपर्ने भएछ । अर्को मान्छेलाई गाडी पछाडि भित्तामा ठोकिन्छ कि भनेर हेर्न लगाएछन् । चालकले ब्याक गर्न थाले, हेर्नेले ठोकिएको छैन अभैm आउ भनेर इसारा गर्दै गएछन् । निक्कै पछाडि आएपछि सवारी ठोक्कियो, अनिचाहिँ हेर्ने मान्छेले अब ब्याक नगर ठाउँ सकियो भनेछन् । त्यसैले चलेकै छन् भनेर हेर्दै नहेर्ने हो भने यस्तो अवस्था नआउला भन्न सकिँदैन । राम्रो चले सहकारी आपैmंले राम्रो गरेको र सहकारी समस्यामा परे सरकारले नहेरेको, सहयोग नगरेको भन्ने अपजस लाग्छ नै ।

स्थानीय सरकारले आफ्नो पालिका भित्र सहकारीलाई जति बढी परिचालन गर्न सक्यो सरकारको उद्देश्य पूरा गर्न त्यति नै बढी सहज हुन्छ । सहकारीलाई उत्पादन, सेवा र उद्योगको क्षेत्रमा परिचालन गर्न सक्नुपर्छ । त्यसका लागि पहिला सहकारीको आन्तरिक अवस्थालाई बलियो बनाउनुपर्छ, संस्थालाई सुशासनमा चलाउनु पर्छ ।

संस्था उद्देश्य अनुरुप सदस्यको हित रक्षामा लागेको हुनुपर्छ । यस्तो भए नभएको बारेमा सरकारले जानकारी लिनुपर्छ । उद्देश्यमा लागिपरेको भए सहयोग गर्नुपर्छ । उद्देश्य अनुरुप नचलेको, सिमित सञ्चालकले मात्रै लाभ लिएको, सदस्यको सम्पति जोखिममा परेको भए सच्याउने जिम्मेवारी पनि स्थानीय सरकारको नै हो । यो जिम्मेवारीबाट टाढा हुन पाइँदैन ।

स्थानीय पालिकालाई लाग्दो हो यति धेरै सहकारी छन्, यिनको नियमन, अनुगमन गर्ने जनशक्ति नै छैन । कामले फुर्सद नै हुँदैन । यो फुर्सदमा गर्ने काम होइन । फुर्सद निकालेर गर्ने काम हो । र, ठूलो जनशक्ति पनि चाहिँदैन । साधारण नीति बनाएर नियमन गर्न सकिन्छ । आफ्नो कार्यक्षेत्रमा भएका सहकारी संस्थाहरुको लगत राख्न सकिन्छ । सहकारीका प्रकृति (बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, सेवा, उद्योग अन्य) मा वर्गीकरण गर्नुपर्दछ । कुन वर्गमा कति सहकारी छन् त्यो सजिलै थाहा पाउन सकिन्छ ।

सबै सहकारीले अनिवार्य भर्नैपर्ने एउटा फर्मेट तयार गरेर पालिकाभर सञ्चालित सहकारीलाई पठाउन सकिन्छ । हरेक संस्थाले मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा बुझाउनु पर्ने फर्मेट बनाउने । यस्ता फर्मेटमा भरिएको कुरा कार्यालयमा बसेर एउटा कर्मचारीले कम्प्युटरमा प्रविष्ट गर्न सक्छन् । मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरुपमा रिपोर्ट दिन सक्छन् । चलेका सबै सहकारीले यस्तो रिपोर्ट पहिला डिभिजन सहकारीमा पठाउने गरेका थिए । अहिले यो अस्तव्यस्त भएको छ, स्थानीय पालिकाले पनि मागेका छैनन् ।

संस्थाले भर्नुपर्ने फर्ममा छुटाउन नहुने केही बुँदाहरु यस्ता हुन सक्छन् :

स्थानीय पालिकाहरुले स्कूल हेर्ने शिक्षा समिति, स्वास्थ्यको बारेमा हेर्ने स्वास्थ समिति, कृषि हेर्ने कृषि समिति बनाएजस्तै सहकारी हेर्ने सहकारी समिति बनाउनु पर्छ । यसका लागि एकजना प्राविधिक कर्मचारी कम्प्युटरसहित र एकजना अधिकृतस्तरको कर्मचारी तोकिदिएर काम गराउन सकिन्छ । पालिकास्तरका सहकारीहरुको समन्वय गर्न सहकारी अगुवाहरुको भेला बोलाएर समिति गठन गर्न सकिन्छ । यस्ता समितिको बैठक सहजताका लागि त्रैमासिक रुपमा गर्ने र अर्धवार्षिक वा वार्षिकरुपमा पालिकास्तरका सहकारीका अध्यक्ष, व्यवस्थापक, लेखा संयोजकहरुको छुट्टा छुट्टै वा संयुक्त बैठक, भेला बोलाएर सुझाव लिने र निर्देशन दिन सकिन्छ ।

स्थानीय पालिका अथवा सरकारले सहकारी ऐन बनाएको होला । आवश्यक नीति, निर्देशिका, परिपत्र जारी गर्न सक्छ । यसको पालना भए नभएको हेर्न सक्छ । सहकारीले सधैं आफ्ना सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक उन्नतिको लागि काम गर्नेहुँदा यस्तो काममा सहकारीले दिएको सेवा र गरेको कारोबारको अवस्था हेरेर कार्यक्रमका आधारमा अनुदान दिन सक्छ । सहकार्य गर्न सक्छ । पालिकाले सेवा दिने जनता र सहकारीका सदस्य एउटै हुन् । यदि कुनै चेतनामुलक, समतामुलक कार्यक्रम पालिकाले गर्नुपर्दा जति लागत लाग्छ र जुन उपलब्धी हुन्छ, त्यही काम सहकारीले गर्दा आधा लागतमा दोब्बर उपलब्धी प्राप्त हुन्छ । त्यसैले स्थानीय सरकारले सहकारीसँग सहकार्य गर्ने मोडल अपनाउँदा धेरै नै फाइदा लिन सक्छ ।

सरकारलाई लाग्दो हो, कुन सहकारीसँग सहकार्य गर्ने ? धेरै छन्, कुन राम्रो कुन नराम्रो, कसरी थाहा पाउने । आपूmले दिएको पैसाको सदुपयोग पो हुँदैन कि भन्ने लाग्न सक्छ । यसका लागि पालिकाले गर्न सक्ने काम छ । नियमित रिपोर्ट बुझाउने सहकारीहरुको अवस्था कार्यालयमा बसेरै हेर्न सकिन्छ । शंका लागेमा स्थलगत अवलोकन गर्न सकिन्छ । यो गर्न नसकिने कुरै भएन ।

स्थानीय सरकारले आफ्नो पालिका भित्र सहकारीलाई अभैm प्रभावकारी र बलियो बनाउन सहकारीको संख्यामा भन्दा गुणमा, सुशासनमा, सामाथ्र्यमा ध्यान दिनुपर्छ । यसका लागि प्रकृत्ति मिल्ने एउटै क्षेत्रका सहकारीलाई एकआपसमा मिल्ने, एकीकरण गर्ने काममा सहयोग गर्नुपर्छ । यो सम्भव मात्रै होइन आवश्यक छ । पहिला सहकारी एकीकरण गर्न सञ्चालकहरु इच्छुक देखिँदैनथिए । तर अहिले धेरै सञ्चालकहरु अनुकूल वातावरण खोजिरहेका छन् ।

अब सहकारी धेरैले बुझ्दै गएका छन् । पहिला सहकारी मेरो हो, हाम्रो हो भन्ने भावना थियो । सहकारीको बढे बढाएको सम्पती मेरो पनि हो । मेरो पनि भाग लाग्छ भन्ने भ्रम थियो । अहिले सहकारी मेरो होइन हाम्रो हो, सहकारीको सम्पती हाम्रो भए पनि सन्तानलाई अंश लगाउन नपाइने रहेछ, मनलागि गर्न नपाइने रहेछ भन्ने बुझाई बढेको छ । त्यसैगरी अब सहकारीका सञ्चालक चनाखो भएर कारोबारमा ध्यान दिन नसक्दा केही चतुर धुर्तले सहकारीको सम्पती हिनामिना भए अब कानूनले सञ्चालकलाई जिम्मेवार बनाउने र सजाय गर्ने रहेछ भन्ने बुझाई बाक्लिएको छ ।

अर्कोतिर राम्रो गरिरहेका सहकारीले पनि अब पूँजी, प्रविधि र सामाथ्र्य नभई सदस्यलाई भनेजस्तो सेवा दिन नसकिने रहेछ । यदि सेवालाई प्रतिस्पर्धी बनाउन नसक्ने हो भने विस्तारित भएको वित्तीय बजारमा टिक्न सजिलो छैन, सदस्यको चित्त बुझाउन सजिलो छैन भन्ने बुझेकाले आगामी दिनमा सहकारीको एकीकरण तीब्र गतिमा हुने अपेक्षा गर्न सकिन्छ । यसमा सहजीकरण गर्ने काम स्थानीय सरकार अर्थात् पालिकाहरुको पनि हो । यसले पालिकालाई सजिलो हुन्छ । धेरै सहकारीलाई नियमन गर्नु र सहकार्य गर्नुभन्दा सामथ्र्य भएका थोरै सहकारीबाट नै धेरैै काम गर्न सकिन्छ । यसैले त स्थानीय सरकारका लागि सहकारी अभियान जानेको खण्डमा श्रीखण्ड र नजाने खुर्पाको बिँड जस्तै हुनेछ ।

(लेखक उप्रेती एनएमसीका अध्यक्ष हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *