Sajhamanch Archive

झापा गाउँपालिकाका स्वास्थ्य स्वयम सेविकालाई साइकल प्रदान

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । १६औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम सेविका दिवसको दिन झापा गाउँपालिकाका अन्तरगत सेवारत ३१ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई साइकल प्रदान गरिएको छ ।

थोरैमात्र पारिश्रमिक लिएर गाउँघरमा सेवा गरिरहेका महिला स्वायम सेविकालाई गाउँपालिकाले सेवा प्रवाहमा थप सहयोग पुगोस् भनेर साइकल प्रदान गरेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहाले बताएका छन् ।

साइकल प्राप्त गरेपछि जनतालाई सेवा प्रदान गर्न सजिलो भएपनि नेपाल सरकारले तोकेबमोजिम न्यूनतम पारिश्रमिक पाएमा सेवामा थप मद्धत मिल्ने महिला स्वास्थ्य स्वयमसेविकाको भनाई थियो ।

साइकल हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष साहाले महिला स्वयम सेविकाको पनि न्यूनतम पारिश्रमिक व्यावस्था गर्न आफूहरुको पहल रहने बताए । राज्यले तोकेको न्यूनतम पारिश्रमिक प्रदान गर्न पर्नेभए पनि सिमित स्रोतका कारण यसो हुन नसकेको अध्यक्ष साहाको भनाई छ । यद्यपी, अर्को वर्षबाट गाउँपालिकाले स्वास्थ्य स्वयम सेविकालाई प्रदान गरिरहेको वर्तमान सुविधा रकम बढाएर दोब्बर बनाउने अध्यक्ष साहाले बचन दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन निरौला, वडाध्यक्ष हरिबहादुर बानियाँ, नेकपाका गाउँपालिका कमिटी अध्यक्ष रुद्र बजगाईं, शिक्षासेवी टिका जमरकट्टेल, गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम न्यौपाने लगायातले महिला स्वास्थ्य स्वयम सेविकाले समाजमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *