Sajhamanch Archive

कफी खानेमात्र होइन, भोलियोमा बनाउन पनि सिकाइन्छ

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

बिर्तामोड । कफी पिउने पारखीहरुका लागि बिर्तामोडमा नयाँ गन्तब्य सुरु भएको छ । यहाँस्थित शनिश्चरेरोडमा शुक्रबारदेखि भोलियो कफी हाउस सञ्चालनमा ल्याएर कफी पारखीहरुलाई निम्त्याउनुका साथै प्रशिक्षार्थी उत्पादन पनि थालिएको छ ।

हिमाअस एजुकेशन कन्सल्टेन्सीको सञ्चालक समूहले अध्ययनका लागि विदेशिने युवालाई लक्षित गरी तालिम प्रदान गर्न कफी हाउस खोलेको हो । कफी एण्ड वेभरेज डिपार्टमेन्टका नविन कोइरालाले साझामञ्चलाई बताए अनुसार विदेशमा रहँदा विद्यार्थीहरुले सहजै काम पाउन् भनेर प्रशिक्षण दिलाउन यो योजना अघि सारिएको हो ।

हिमाअस एजुकेशन कन्सल्टेन्सीको परामर्शमा अध्ययनका लागि अष्ट्रेलिया, न्यूजील्याण्डसहित युरोपियन मुलुकमा जाने विद्यार्थीहरुले खाली सामयमा पकेट खर्चका लागि केही काम पाउन सहयोग पुगोस् भनेर तालिम प्रदान गर्न कफीहाउस खोलिएको हो ।

कोइरालाले भने, यहाँ एक्प्रेसो मेसिनबाट दर्जनौं स्वादमा कफी बनाइन्छ, प्रशिक्षार्थीलाई सिकाइन्छ अनि यहाँ आउने ग्राहकलाई सर्भ पनि गरिन्छ । जसबाट बेरोजगार युवालाई तालिम दिलाएर स्वदेशमा होस् वा विदेशमा स्वावलम्बी बन्न मद्धत गरिन्छ ।’

भोलियो कफी हाउस शुभारम्भको अवसरमा एक हप्तासम्म कफी तालिमका लागि विशेष छुट प्रदान गरिने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *