दमकमा सामुदायिक कुकुरको बन्ध्याकरण गरिँदै
Published:
by .दमक । हिमालयन एनिमल रेस्क्यु ट्रष्टको (हार्ट) नेपालको प्राविधिक सहयोगमा दमकका सडक सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । दमक नगरपालिकाको अग्रसरतामा मंसीर २२ गतेदेखि २७ गतेसम्म सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।
‘कुकुरको टोकाइबाट रेविज जस्तो प्राणघातक रोग लाग्छ तर हाम्रो नगरका सडकभरि सामुदायिक कुकुरको बिगबिगी छ, यिनको संख्या घटाउन बन्ध्याकरण नै उत्तम विकल्प हो’ दमक नगरपालिका पशुसेवा शाखाका प्रमुख गणेश प्रधानले बताए । कुकुरको संख्या जति कम भयो रोग फैलिने सम्भावन पनि उतिनै कम हुने भएकोले सामुदायिक कुकरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको शाखा प्रमुख प्रधानको भनाई छ ।
कुकुरको बन्ध्याकरण शिविरले समाजमा सामुदायिक कुकुरको सन्तान उत्पादनमा न्यूनीकरण हुने, जसका कारण रेविजजस्तो प्राणघातक रोगसमेत फैनिल न्यूनीकरण हुने दमक ७ का गंगाबहादुर कार्कीले बताए । बन्ध्याकरण शिविरमा हालसम्म सामुदायिक र घरपालुवा गरी १२५ भन्दा बढी कुकुरको बन्ध्याकरण भइसकेको नगरपालिका पशुसेवा शाखाले जनाएको छ ।
Comments