कालिकापीठ स्मारिका विमोचन
Published:
by .अर्जुनधरा । अर्जुनधारा नगरपालिका वडा नं. १० कालिस्थानमा रहेको कालिकापीठको इतिहास समेटेर तयार पारिएको कालिकापीठ स्मारिकाको आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
कालिकापीठको इतिहास र विकासक्रम, वेदान्त दर्शन, पुराणादि ग्रन्थको परिचय, दाता परिचय, सामाजिक विषयवस्तु तथा वैदिक सनातन र कर्मकाण्ड सम्बन्धी विषयवस्तु समेटेर स्मारिका तयार पारिएको छ । सो स्मारिका अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, पीठका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेल लगायतले विमोचन गरेका छन् ।
२४० पृष्ठमा समेटिएको स्मारिकामाथि पं. भीम नेपालले समीक्षा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि राना, नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाल महिला संघ झापाकी अध्यक्ष शुशिला ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पीठको १६औं वार्षिक अनुष्ठानका रुपमा आयोजना गरिएको पद्म महापुराणको छैटौं दिन पारेर विमोचित स्मारिका प्रकाशनबारे पीठका अध्यक्ष पोखरेलले प्रकाश पारेका थिए । स्मारिका प्रकाशनको लामो प्रयासपछि यसवर्ष संभव भएको पोखरेलले जानकारी गराए ।
अध्यक्ष पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इन्दु पूर्वेलीले गरेकी थिइन् ।
Comments