Sajhamanch Archive

सहकारीलाई प्रविधिमैत्री बनाऔंः मन्त्री अर्याल

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by .

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको २८औं वार्षिक साधारणसभा आजबाट सुरु भएको छ । शुक्रबार काठमाडौंमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साधारणसभाको उद्घाटन गरेकी हुन् ।

उद्घाटन समारोहमा प्रमुख अतिथि रहेकी मन्त्री अर्यालले अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमताको विकास गर्नुपर्ने सुझाएकी छन् । अब सहकारी क्षेत्रलाई डिजिटलाइज्ड गर्नुपर्ने भन्दै उनले हिजोका दिनमा एक महिना लाग्ने काम अब एक दिनमा सम्पन्न हुनेगरी समयसापेक्ष प्रविधिको प्रयोग गर्न आग्रह गरिन् ।

‘हिजो एक महिना लाग्ने काम अब एक दिनमा हुनुपर्छ । अहिलेका बैंकहरुसँग प्रतिस्पर्धा गर्नसक्ने प्रतिस्पर्धी क्षमताको विकास सहकारीहरुले गर्नुपर्छ’ मन्त्री अर्यालले थपिन् ‘अब सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाऔं, त्यसपछि हामी अगाडि बढ्न सहज हुन्छ ।’

सहकारी क्षेत्रमा केही सम्भाव्य खतराहरु देखापरेको भन्दै मन्त्री अर्यालले अब सहकारीका सञ्चालक सदस्यहरुले प्रत्येक वर्ष सम्पत्ति विवरण पेश गर्नुपर्ने पनि जिकिर गरिन् । सहकारी अभियानले अब संख्या बढाउनेभन्दा पनि गुणस्तरीयतामा प्राथमिकता दिनुपर्ने भन्दै उनले सहकारी संस्थाहरुको मर्जर अभियान अभियन्ताहरुलाई हेरेर ल्याइएकोमा आश्वस्त पारिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *