एनएमसीले गरायो दमकमा विद्यालयस्तरीय हाजिरीजवाफ
Published:
by .दमक । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापा अन्तरगतको वित्तीय साक्षरता समितिको आयोजनामा आज दमक नगरपालिका भित्रका माद्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
दमकस्थित हिमालय माविमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा नगर क्षेत्रका १७ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । वित्तीय साक्षरता समितिका संयोजक गोपाल प्याकुरेलको अध्यक्षता तथा हिमालय माविका प्रधानाध्यापक ओमप्रसाद आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयमा नै गएर हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्नुको उद्देश्य प्रकाश पार्दै समिति सदस्य कमलप्रसाद पाठकले भने, संस्थाले सञ्चालन गरिरहेको यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुमा बाहिरी ज्ञान प्राप्त हुने तथा क्षमता अभिवृद्धि गर्न टेवा पुगोस भन्ने रहेको छ ।
प्रतियोगितामा मङ्गलमय मावि प्रथम, दमक मोडल मावि दोस्रो र हिमालय मावि तेश्रो भए भने ग्लोबल एजुकेसन एकेडमीले सान्तवना स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो तथा सान्तवना हुने विद्यालयले नगद ६ हजार, ४ हजार ५००, ३ हजार र १ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
उक्त कार्यक्रम वित्तीय साक्षरता समितिका सदस्य सचिव अरुणकुमार प्रधानले सञ्चालन गरेका थिए ।
Comments