इटहरी उपमहानगरको ताकेता पछि ट्याङ्ग्रा पूल मर्मत हुँदै
Published:
by .सुनसरी । इटहरी उपमहानगर पालिकाको ताकेता पछि सडक डिभिजन कार्यालय बिराटनगरले ट्याङ्ग्रा पूल मर्मतका लागि पुस २० गतेसम्ममा ठेक्का लगाएर निर्माणको काम सुरु गर्ने जनाएको छ ।
उपमहानगरलाई पत्र पठाएर सडक डिभिजन कार्यालयले सो जानकारी गराएको हो । इटहरी बजार हुदै बग्ने ट्याङ्ग्रा खोलाको पूल जिर्ण बन्दा पनि मर्मत नभए पछि उपमहानगरले चाँडै मर्मत गर्न सडक डिभिजन कार्यालयलाई ताकेता गरेको थियो । उपमहानगरका उपप्रमुख लक्ष्मी गौतमले सडक डिभिजन कार्यालयलाई पत्र लेखेर पूल चाँडै मर्मत गर्न आग्रह गरेकी थिइन् ।
सो पूल रहेको ठाउँमा नयाँ पूल बनाउनका लागि सडक विभागमा दुई पटक पत्राचार गरिसकेको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ । इटहरीमा ट्राफिक चाप धेरै भएको र पूल समेत साँघुरो भएका कारण नयाँ पूल निर्माणका लागि सडक विभागमा पत्राचार गरिएको डिभिजन कार्यालयको प्रष्टोक्ति छ ।
Comments