साहित्यमार्फत् समाज सुधारका लागि भानुको ठूलो योगदान छः प्रधानमन्त्री
Published:
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकतावद्ध गराएको बताएका छन् ।
२०५औं भानु जन्म जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
“भानुभक्तले साहित्यमार्फत् समाज सुधारका लागि ठूलो योगदान गर्नु भएको थियो” प्रधानमन्त्री ओलीको कथन छ ।
नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृत्तिको आफ्नै महत्व रहेको उनले बताए ।
Comments