प्रधानमन्त्री ओली गंगालालमा
Published: (Updated: )
by .काठमाडौं । गंगालाल हृदय रोग केन्द्रमा उपचाररत नेकपाका नेता एवम् पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्था बारे आज प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमा नै गएर जानकारी लिएका छन् ।
रौतहट निवासी आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।
प्रधानमन्त्री ओलीले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिएका छन् ।
त्यहाँ उपलब्ध आलमका परिवारका सदस्यहरुलाई पनि आलमको उपचारमा आश्वस्त रहन प्रधानमन्त्रीले आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आलमको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
आलम गत मंसीरमा भएको संघीय संसदको निर्वाचनमा रौतहट २ बाट वाम गठबन्धनको तर्फबाट उम्मेद्वार पनि थिए ।
Comments