बिर्तामोड ७ का वडाध्यक्षको निधन, बुधबार नगरक्षेत्रमा शोक विदा
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७ का अध्यक्ष गंगाबहादुर भट्टराईको आज अपरान्ह साढे ४ बजे निधन भएको छ । भट्टराई दुई वर्ष अघिदेखि क्यान्सर रोगसँग लडिरहेका थिए । उनी विगत तीन महिनादेखि बेड रेष्टमा रहेका थिए ।
उनको उपचारकै क्रममा आज निधन भएको पारिवारले जनाएको छ । गरामनीका बासिन्दा भट्टराईको निधनप्रति शोक व्यक्त गर्न बुधबार बिहान साढे ७ बजे नगरपालिकाले शोक तथा श्रद्धाञ्जली सभाको आयोजना गरेको २ नं. वडाध्यक्ष नगेन्द्र संग्रौलाले बताएका छन् । भोलि १० बजे स्थानीय देउनिया घाटमा उनको दाहसंस्कार गरिने जनाइएको छ ।
२०१३ सालमा जन्मिएका भट्टराईले २०२८ सालको झापा विद्रोह ताकादेखि कम्युनिष्ट पार्टीप्रति प्रतिवद्ध एवम् योद्धा रहेको जनाइएको छ । गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उनी वडाध्यक्ष निर्वाचित भएका थिए ।
यसैबीच, वडाध्यक्ष भट्टराईको निधनप्रति शोक व्यक्त गर्दै भोलि बुधबार एक दिन नगरभित्र शोकविदा दिइने निर्णय भएको नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष अग्निप्रसाद पाण्डेले जनाएका छन् ।
Comments