Sajhamanch Archive

दुर्गाभिट्टा सिमसारका लागि सांसद बानियाँको २५ लाख

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

बनियानी । कचनकवल गाउँपालिका वडा नं. ३ स्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहको १५औँ साधारणसभाको अवसरमा ६० विपन्न परिवारलाई जाडोमा ओड्ने कम्बल वितरण गरिेएको छ ।

वन समूहका अध्यक्ष धनराज गुरुङको अध्यक्षतामा आयोजित साधारणसभामा प्रदेशसभा सदस्य वसन्त बानियाँ प्रमुख अतिथि रहेका थिए ।

२५४ हेक्टर क्षेत्रफल रहको सो वन क्षेत्रको ५ हेक्टरमा सिमसार तथा पर्यटकीय क्षेत्र निर्माणको तयारी भइरहेकोले सो कामका लागि प्रदेशसभा सदस्य वसन्त बानियाँले २५ लाख रुपैयाँ विनियोजन गरेका छन् । सो क्षेत्रमा पर्यापर्यटन निर्माणका लागि १५ करोड रुपयाँको डिपिआर तयारी हुँदैछ ।

साधारणसभामा वडाध्यक्ष मेखबहादुर भट्टराई, जिल्ला वन महासंघका अध्यक्ष वेदप्रकाश भण्डारी, वन सबडिभिजनका प्रमुख दिपक भण्डारीले मन्तव्य राखेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *