९० वर्षभन्दा ज्येष्ठ नागरिक सम्मानित हुँदै
Published:
by .कमल । कमल गाउँपालिकाले पालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यको थालनी गरेको छ ।
गाउँपालिकाको महिला तथा बालबालिका शाखाले वडा नम्बर २ मा स्थायी बसोबास गर्ने ९० वर्षभन्दा माथि उमेरका १३ जना ज्येष्ठ नागरिकलाई आज उपहारसहित सम्मान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले पोखरेल र उपाध्यक्ष बेनु सिवाकोटीले सबै १३ जनालाई नै ब्लान्केट तथा खानेकुरा उपहार दिएर सम्मान गरिएको गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतमले जानकारी दिएकी हुन् ।
सम्मान कार्यक्रममा मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भनेकी छन् ‘ज्येष्ठ नागरिक भनेका हाम्रा अभिभावक हुन्, उहाँहरुलाई सम्मान गर्नु हाम्रो दायित्व बन्छ । आज हामी जुन ठाउँमा उभिएका छौं, यो ठाउँ उहाँहरुको खुन र पसिनाले सिञ्चित जमिन हो, त्यसैले ज्येष्ठ नागरिकको अनुभवलाई हामीले शिरोधार्य गर्दै अगाडि बढ्यौं भनेमात्र हामी सफल हुनेछौं ।’
गाउँपालिकाका ७ वटै वडामा बसोबास गर्ने ९० वर्षभन्दा माथिका नागरिकलाई सम्मान गर्ने कार्यक्रम बनाइएको शाखा प्रमुख रेनुका गौतमले बताएकी छन् ।
Comments