सुन्दर साकोसका १५ सदस्यलाई २५ लाख दिइँदै
Published:
by .बिर्तामोड । यहाँस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्थाले साना व्यवसायीहरुलाई आज स्वरोजगार अभिमुखीकरण गराएको छ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोष झापाका सदस्य सचिव सन्तोष सापकोटाले सुन्दर साकोसका सदस्यहरुलाई स्वरोजगार अभिमुखीकरण गरेका हुन् । बेरोजगार मानिसलाई रोजगार बनाउन तथा युवालाई आत्मनिर्भर बनाउन राज्यले स्वरोजगार कोषको अवधारणा ल्याएको सापकोटाले सुनाए । कोषले युवा सशक्तिकरण पनि गराइरहेको सापकोटाको भनाई छ ।
सुन्दर साकोसले स्वरोजगार कोषबाट दोस्रो चरणमा २५ लाख रुपैयाँ सहुलियत कर्जा लिएर १५ जना सदस्यलाई प्रदान गर्ने तयारी गरेको छ । सुन्दर साकोसका अध्यक्ष उत्तम खनालको अध्यक्षता तथा सहकारी क्षेत्रमा क्रियाशील पत्रकार गोपाल काफ्लेको प्रमुख आतिथ्यमा उक्त स्वरोजगार अभिमुखीकरण तालिम सम्पन्न गरिएको हो ।
तालिम उद्घाटन पछि मन्तब्य राख्दै प्रमुख अतिथि काफ्लेले स्वरोजगार कोषबाट कर्जा लिएका सदस्यहरुले उद्देश्अनुसार लगानी गरी व्यवसाय गर्नुपर्ने बताए । कुखुरा पाल्छु भनेर फारम भरेर कर्जा लिएका सदस्यले मोटरसाइकल किन्न वा छोराछोरीको विवाह, ब्रतबन्धमा रकम खर्चिएको पाइएमा संस्थालेमात्र नभई कोषले पनि क्षमा नदिने पत्रकार काफ्लेको सुझाव थियो ।
संस्थाका व्यवस्थापक दुर्गा पोखरेलले सञ्चालन गरेको अभिमुखीकरण तालिम कार्यक्रममा अध्यक्ष खनालले तीन वर्षको लामो अवधिका लागि प्रदान गरिने २ लाख रुपैयाँ कर्जाको साँवाँ ब्याज नियमित बुझाएमा उल्टै सदस्यले ब्याजमा पनि छुट पाउने जानकारी गराए ।
Comments