शनिश्चरेमा बचत गर्ते बानीको विकासमा सहकारीको भूमिका विषयक वक्तृत्वकला
Published: (Updated: )
by .अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगत वित्तीय साक्षरता समितिको आयोजनामा अर्जुनधारास्थित शनिश्चरे माविमा आज अन्तर मावि वक्तृत्वकाला प्रतियोगिता सम्पन्न भएको छ ।
बचत गर्ते बानीको विकासमा सहकारीको भूमिक विषयक वक्तृत्वकला प्रतियोगितामा अर्जुनधारा नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका अन्तर्गतका १७ वटा संस्थागत तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै वित्तीय साक्षरता समितिका सदस्य कृष्णप्रसाद भट्टराईले विद्यार्थीहरुलाई बचत गर्ने बानीको विकास गराउन तथा सहकारीको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।
शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि खनालको प्रमुख आतिथ्यमा आयोजित अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा महानन्द शिक्षा सदन, बुद्धशान्तिका पुष्कर पौडेल प्रथम, एरा एभरग्रिन इङ्लिस स्कूलकी दिप्सना मैनाली दोश्रो, सिंहदेवी मावि अर्जुनधाराका रुविस खतिवडा तेश्रो तथा प्रगति सेकेण्डरी स्कूल अर्जुनधाराकी प्रिजा पौडेलले सान्तवना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद तीन हजार, दोश्रो हुनेले नगद दुई हजार, तेश्रो हुनेले नगद एक हजार तथा सान्तवनालाई ५०० रुपैयाँ पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको छ ।
वित्तीय साक्षरता समितिका संयोजक गोपाल प्याकुरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीहरुलाई शनिश्चरे कार्यालयगत समितिको सदस्य हरिभक्त बरालले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सदस्य सचिव अरुणकुमार प्रधानले गरेका थिए ।
Comments