Sajhamanch Archive

अ वन्डरद्वारा इलाममा कपडा वितरण

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

इलाम । छोरी मान्छे पनि घुम्नु पर्छ, आफ्नो ठाउँ आफ्नो देशलाई चिन्नुपर्छ र विभिन्न ठाउँका सामाजिक तथा प्राकृतिक समस्यालाई कम गर्न र मद्दत गर्नुपर्छ भन्ने उद्देश्यले सुरु गरिएको सामाजिक सञ्जाल फेसबुक पेज ‘अ वन्डर’ ले इलामको सन्दकपुर– १, आलुबारी गाउँ र अधिकारीबासमा कपडा वितरण गरेको छ ।

गत मंसीर महिनादेखि सञ्चालनमा आएको उक्त पेजका एड्मिन पुष्पा चौहानले पहिलो महिना इलामको पर्यटकीयस्थल सन्दकपुरमा स्थलगत भ्रमण गरेकी थिइन् । त्यही भ्रमणको क्रममा उनले देखेका त्यहाँका समस्यालाई कम गर्न पुस २६, २७ र २८ गते सन्दकपुर गाउँपलिकाको प्राविधिक सहयोगमा कपडा वितरण गरिएको हो ।

केही दाताहरुको आर्थिक सहयोग साथै रोट्र्याक क्लब अफ बिर्तामोड मिडटाउन, राउण्ड टेबल बिर्तामोड २७ को सहयोगबाट संकलन भएको ब्लाङकेट, स्वीटर र लत्ताकपडा वितरण गरिएको प्रोजेक्ट लिडर पुष्पा चौहानले बताइन् ।

गरिब र निम्न वर्गका मानिसलाई चिसोबाट बचाउने सामग्री सहयोग गर्न पाउँदा एकदमै आनन्द भएको चौहानलाई वितरणमा सहयोग पुर्याउन उनीसँगै आधिकारीबास पुगेकी स्वमसेविका स्वेच्छा बानियाँले बताइन् ।

आगामी दिनमा पनि ‘अ वन्डर’ले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने अर्की स्वयमसेविका विनिता चौहानको चाहना छ । यस प्रकारका सामाजिक गतिविधि सञ्चालनका लागि सबैतिरबाट सहयोग भएमा अझ हौसला बढ्ने अ वन्डरका सञ्चालकहरुको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *