Sajhamanch Archive

ग्याँस लिक हुँदा बेलायती दिदीबहिनीको मृत्यु

Published: in विश्व समाचार by .

पाकिस्तान । पाकिस्तानको पंजाब प्रान्त अन्तरगत दौलत नगरमा भएको एक घरको बाथरुममा ग्यास लिक हुँदा दुई दिदीबहिनीको मृत्यु भएको समाचार छ ।

मृत्यु हुने दुवैजना बेलायती नागरिक हुन् । उनीहरु आफ्ना हजुरबुवाको पुण्यतिथीमा पाकिस्तान आएको जनाइएको छ । बाथरुममा गिजरबाट ग्यास लिक भएका कारण २४ वर्षकी मारिया र १७ वर्षकी नादिरा रहमानको मृत्यु भएको पाकिस्तान प्रहरीलाई उधृत गर्दै त्यहाँका सञ्चारमाध्यले उल्लेख गरेका छन् । दुवैजना घरको भुइँमा लडेको अवस्थामा भेटिएको तथा घटनाको जाँच भइरहेको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।

पोष्टमार्टम रिपोर्टसँग सम्बन्धित जानकारी अझै सार्वजनिक गरिएको छैन । पाकिस्तानी मिडियाका अनुसार अभिभावकले दुवै दिदीबहिनीको मृत्यु दुर्घटनामा भएको भनेका छन् । र, कानुनी कारवाहीबारे विचार गरिरहेको बताएका छन् ।

पाकिस्तानमा रहेका दिदीबहिनीका आफन्त भने घटनाको कयौं दिन भइसक्दा समेत यस विषयमा कुरा गर्नबाट पछि हटिरहेका जनाइएको छ । आफन्तले सो विषयमा कुरा गर्न चाहेका छैनन् तर सामाजिक संजालमा भने विभिन्न हल्ला फैलिइरहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *