Sajhamanch Archive

डा. सिंह प्रहरीको एआइजी पक्का !

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको सिफारिस उजुरी सुन्ने समितिले सदर गरेको छ ।

गृहसचिव प्रेमकुमार राई नेतृत्वको बढुवा सिफारिस समितिले डा. आशा सिंहलाई एआइजी बढुवामा सिफारिस गरेको थियो ।

जुनियर डिआइजीलाई सिफारिस गरेको भन्दै अर्का डिआइजी डा. मिनराज पाठकले उजुरी गरेका थिए ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली नेतृत्व उजुरी सुन्ने समितिले बढुवा समितिकै सिफारिसलाई सदर गरेको छ ।

सोहीअनुसार गृह मन्त्रालयले डिआइजी सिंहलाई एआइजी बढुवाका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको छ ।

जुनियरलाई धेरै नम्बर दिएर बढुवा सिफारिस गरेपछि विवाद भएको थियो ।

उजुरी सुन्ने समितिले नम्बर जोड्न नै गल्ती गरेको अवस्थामा बाहेक सिफारिस हेरफेर गर्न नसक्ने प्रावधान छ । उजुरी उपर शुक्रबार नै निर्णय गरी पठाइएको अध्यक्ष मैनालीले बताए ।

प्रहरी अस्पतालमा रिक्त रहेको एआइजी पदमा डा. सिंहको सिफारिस भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *