नेपालको नोटमा महाप्रसाद अधिकारीको हस्ताक्षर हुने
Published:
by .काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ ।
अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए । उनले भारतको मद्रासबाट चाटर्ड एकाउन्ट अध्ययन पूरा गरी फर्किएपछि राष्ट्र बैंकको उप निर्देशक बनेका थिए ।
हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए । डेपुटीबाट अवकाश पाएका उनी केही समयमै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका हुन्।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको एकजना मन्त्रीले जानकारी दिएका हुन् ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो सरकारले उनलाई बोर्डको सिइओमा नियुक्त गरेको हो। बोर्डमा दुई महिना कार्यकाल बाँकी रहँदै अधिकारी गभर्नर भएका हुन्।
Comments