Sajhamanch Archive

म घरभित्रै काम गर्छु, तपाईंहरु पनि लकडाउनको पालना गर्नुस् है

Published: in परदेश (प्रवास), विचार/ब्लग, , by .

म घरमा काम गर्ने भएकाले मलाई शुक्रबार बाहेक कुनै दिन फुर्सद हुँदैन । मेरो प्रत्येक दिन बिहान ५ बजेदेखि साँझ ८ बजे सम्म बीचबीचमा आराम गर्दै सानोतिनो काम गर्दै दिन बित्छ । त्यसैले मलाई बोर हुने चान्स नै छैन ।

हिजोआज कोरोना भाइरसले गर्दा सबैको निन्द्रा हराएको छ । जीवनशैली बदलिएको छ । खानपिनमा ध्यान दिन थालेका छन् । मैले भने नर्मल खानपिन गर्ने गरेकी छु । मैले घरमा काम गर्ने भएकोले खानपिन मै मेरो धेरै समय जान्छ । मलाई पनि धेरै सादा खाना नै मनपर्छ ।

                   सरु कटवाल, दुबई

कोरोनाको कारण मैले काम गर्ने घरमा ४० केजी चामल, २० केजी पिठो, ६ केजी विभिन्न प्रकारका दाल, साथै १० केजी आलु, १० केजी प्याज किनेर राखिएको छ । सानो परिवार भएर यो मात्रामा सन्चय गरिएको हो ।

हालसम्म मलाई कुनै पनि रुघाखोकी, ज्वरोको लक्षण देखिएको छैन । देखिइहाले शरीरको तापक्रम बढेमा तुरुन्त हस्पिटल जाने सोचमा छु । हिजोआज जाताततै कोरोनाको चर्चा परिचर्चा भएकाले सबै प्रकारका सामाजिक संजालबाट कोरोनाको समाचार सुनिराखेकी छु । विशेष युएइ कै खलिज टाइम्स हेर्ने गरेकी छु ।

मलाई सारोगाह्रो परेमा विभिन्न समाजका पदाधिकारीको माध्यमबाट नेपाल एम्बेस्सीको सम्पर्कमा जानेछु । त्यहाँ नेपालमा पनि अहिले सरकारले लकडाउन गरेको समाचार सुनेकी छु । गम्भीर प्रकारको स्वास्थ्य संक्रमण फैलिएर महामारीको रुप लिँदा लकडाउन गर्ने निर्णय हुने रहेछ । यसैले मेरो परिवार, छरछिमेकी, आफन्तहरु सबैजनालाई लकडाउन पालना गरेर कोरानाबाट सुरक्षित रहनु हुनेछ भन्ने म प्रवासीको तर्फबाट शुभेच्छा प्रकट गरेकी छु ।

 

स्थायी टुङ्गोः झुम्का, सुनसरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *