Sajhamanch Archive

मेचीनगर नगरपालिकामा चार राजनीतिक दलको राहत सहयोग जम्मा

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

मेचीनगर । निर्वाचनका बेला प्रतिस्पर्धी बन्ने मेचीनगरका चारवटा राजनीतिक दलले विपद्का समयमा एकै भावनाका साथ नगरपालिकालाई सहयोग गरेका छन् । ती दलहरुले आज मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा एक लाख ३२ हजार १५ रुपैयाँ रकम जम्मा गरेका छन् ।

देशमा संकट पर्दा दलीय विचारभन्दा माथि उठेर एकैठाउँमा उभिनुपर्छ भन्ने मेचीनगरका राजनीतिक दलले राम्रो सन्देश दिएका हुन् । ती दलले जो जो जुनसुकै विचार र आस्था वा दलमा भएपनि हरेक नागरिकको दुःख पीडामा एकैठाउँमा छौं र मल्हम पट्टीको काममा सधै साथ सहयोग रहनेछौं भन्ने सकरात्मक सन्देश प्रस्तुत गरेका नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताएका छन् ।

उनकाअनुसार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी र राप्रपाले मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापनको खातामा सहयोग रकम जम्मा गरेर भौचर नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।

नेकपा मेचीनगर कमिटीले र नेपाली काँग्रेस मेचीनगरले क्रमशः ५१÷५१ हजार रुपैयाँ नेपाल बैंकमा जम्मा गरी भौचर हस्तानतरण गरे भने समाजवादी पार्टी मेचीनगरले १५ हजार १५ रुपैयाँ र राप्रपा मेचीनगरले १५ हजार रुपैयाँ नगदै कोषमा जम्मा गरेका थिए ।

आज अपरान्ह चारवटै दलका नेताहरु एकसाथ नगरपालिका पुगेर नगरप्रमुख बिमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई ती भौचरहरु हस्तान्तरण गरेका प्रेस संयोजक उप्रेतीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *