व्यवसायी भट्टराईले दिए ३३ कामदारलाई चामल
Published:
by .बिर्तामोड । नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले विपन्न अवस्थाका ३३ जना मजदूरलाई खाद्य सामग्री वितरण गरेका छन् ।
लकडाउनका कारण काम बिहीन भएका मजदूरलाई उनले चामल दिएका हुन् । चैत ११ देखि मुलुक लकडाउनमा छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि दैनिक काम गरेर खानेहरु समस्यामा छन् । उनीहरुको समस्यालाई बुझेर चामल वितरण गरिएको व्यवसायी भट्टराई बताउँछन् ।
गोदाममा अलैँची प्रोसेसिङ गर्दै आएका कामदारलाई लकडाउनले समस्या भएपछि अलैँची व्यवसायी भट्टराईले प्रतिकामदार २५ किलोका दरले चामल वितरण गरेका हुन् । ‘काम रोकिएपछि उनीहरु संकटमा परेको अवस्था थियो’ व्यवसायी भट्टराइले भने, ‘उनीहरु भोकै पर्न लागेपछि तत्कालका लागि चामलको व्यवस्था गरेको हुुँ ।’
Comments