राउन्ड टेबल बिर्तामोड २७ को सराहनीय कार्यः इलाका प्रहरी कार्यलय अनारमनीलाई डिसइन्फेक्स्न बुथ प्रदान
Published:
by .बिर्तामोड । राउन्ड टेबल बिर्तामोड २७ ले प्रहरीहरुलाई कोरोनाको जोखिमबाट बच्नका निम्ति करिब ५५ हजारको लागतमा तयार गरिएको डिसइन्फेक्स्न बुथ आज इलाका प्रहरी कार्यालय अनारमनीलाई प्रदान गरेको छ ।
संस्थाका सदस्य दिपक मित्तलका अनुसार २० दिनसम्म पुग्ने स्यानिटाइजरसहित डिसइन्फेक्स्न बुथ उपलब्ध गराइएको हो । स्यानिटाइजरले मानिसको शरीरमा कुनै हानी नपुर्याउने मित्तलको भनाई छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी मुकुन्द रिजालले उक्त डिसएन्फेक्सन बुथको आजै उद्घाटन पनि गरेका छन् ।
सामाजिक कार्यमा सक्रिय राउन्ड टेबल बिर्तामोडले भोलिका दिनमा पनि आवश्यक परेको यस्ता खालका सहयोग गर्ने संस्थाका सदस्य मिजास पोख्रेलको भनाई छ । यसअघि भद्रपुरस्थित झापा कारागारका कैदी बन्दीहरुको स्वास्थ्य उपचारका लागि प्राथमिक उपचारका औषधि र सर्जिकल सामाग्रीहरु प्रदान गरिएको थियो ।
यस्तै राउण्ड टेवल २७ ले बिर्तामोड वडा नं. ३ विराटपोखरका अति बिपन्न वर्गका मानिसहरुलाई खाध्यान्न समग्री प्रदान गरिएको संस्थाका सचिव सुमित साहेवालाले जानकारी दिएका छन् ।
Comments