Sajhamanch Archive

बंगालादेशमा उत्पादित फर्निचर बिर्तामोडबाटै बिक्री

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार by .

बिर्तामोड । दक्षिण एशियाली मुलुक बंगलादेशमा उत्पादन गरिएका फर्निचरहरु झापाको बजारबाट बिक्री हुन थालेको छ । बंगलादेशको ख्यातीप्राप्त औद्योगिक प्रतिष्ठान प्रान–आरएफएल समूहको उत्पादन पहिलो पटक नेपालमा भित्र्याइएको हो ।

वुडन, एलबी र मेटल तीन विधाका फर्निचर सामग्री उत्पादन गर्ने आरएफएल समूहले २१औं शताब्दीका उपभोक्ताको चाहनालाई ध्यानमा राख्दै विभिन्न १५० किसिमका आकर्षक डिजाइनका फर्निचर उत्पादन गर्ने गरेको बिक्रेताको दावी छ । तीमध्ये केही झापाको बजारमा भित्र्याइएका छन् ।

पूर्वी नेपालको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा स्थानीय व्यवसायीहरुको लगानीमा रिगल फर्निचर सञ्चालनमा ल्याइएसँगै नेपाली बजारमा बंगलादेशी फर्निचरका सामग्री बिक्री शुरु भएको हो । अघिल्लो साता बिर्तामोडको शनिश्चरेरोडमा रिगल फर्निचर शो रुमको उद्घाटन गरिएको हो ।

प्लाईउड उत्पादनमा सफलता हासिल गरिसकेका सफल उद्योगी तथा व्यवसायी अरविन्द अग्रवाल, निशान्त अग्रवाल र सुभम अग्रवालको संयुक्त लगानीमा सञ्चालनमा आएको रिगल फर्निचरबाट थोक तथा खुद्रा बिक्री शुरु गरेको सञ्चालक निशान्त अग्रवालले बताएका छन् ।

विश्वका १०२ देशमा रिगल फर्निचर निर्यात भइरहेको र उपभोक्ताले यी उत्पादन मन पराइरहेको कारण नेपाली बजारमा पनि यसको अत्याधिक उपयोग र खपत हुने उनको भनाई छ ।

प्रान–आरएफएलले उत्पादन गरेका घरायसी, कार्यालयीय, हस्पिटल, रेष्टुरेन्ट, विद्यालय, परियोजनाहरुका लागि आवश्यक सबै किसिमका फर्निचर अब बिर्तामोडको रिगल फर्निचरबाट सहज रुपमा सरल मूल्यमा उपलब्ध हुने सञ्चालक अग्रवालले साझामञ्चलाई बताए ।

उनले भने, तपाईं यहाँ आएर आवश्यक फर्निचरका सामग्री छनोट गर्नुस्, हामी घरमा डेलिभरी गरेर फिटिङ पनि गरिदिन्छौं । हामीले उपलब्ध गराएका फर्निचरहरुमा एक वर्षदेखि पाँच वर्षसम्मको ग्यारेन्टी पनि दिएका छौं ।

‘विश्वका धेरै मुलुकमा अत्यधिक रुचाइएको बंगलादेशी फर्निचर अब नेपाली बजारमा पनि आएको छ’, निशान्त भन्छन्– ‘मध्यम वर्गीय उपभोक्तादेखि धनाढ्य वर्गसम्मका उपभोक्ताका लागि सही मूल्यमा फर्निचर उपलब्ध हुनेछन् ।’

उनले फर्निचरमा वारेन्टीका साथै शोरुम उद्घाटनका अवसरमा २०७५ साउन महिनाभर प्रत्येक सामग्रीको खरिद मूल्यमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको पनि बताएका छन् ।

हेर्नुस् रिगल शोरुममा बिक्रीमा राखिएका फर्निचरहरुको तस्वीरः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *