झापाको कचनकवल गाउँपालिकामा कोरोना संक्रमण फैलिएपछि ‘सिल’
Published:
by .कचनकवल । भारतबाट लुकिछिपी नेपाल छिरेका एक युवामा कोरोनाको पिसिआर परीक्षण पोजिटिभ आएको भोलिपल्टै आज नौजना संक्रमित थपिएपछि सिङ्गै कचनकल गाउँपालिका सिलबन्दी गर्ने निर्णय गरिएको छ ।
झापा क्षेत्र नं. ३ (१)का प्रदेशसभा सदस्य बसन्त बानियाँले दिएको जानकारी अनुसार प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहितको उपस्थितिमा आज सो सम्बन्धी निर्णय गरिएको हो ।
एकाएक संक्रमितको संख्या बढेपछि थप ६५ जनाको तत्कालै पिसिआर परीक्षण गराउने, संक्रमित ९ जनालाई उपचारार्थ आजै कोरोना अस्पताल बिराटनगर लैजानेसमेत निर्णय गरिएको प्रदेशसभा सदस्य बानियाँले जानकारी दिएका छन् ।
सो क्षेत्रमा थप क्वारेन्टाइन निर्माणका लागि महेन्द्ररत्न मावि केचना, जानकी आधारभूत विद्यालय पाठामारी र लक्ष्मी मावि बनियानीलाई तयारी गरिएको सांसद बानियाँको भनाई छ । हाल सञ्चालनमा रहेको पथरिया मावि क्वारेन्टाइनको क्षमता बढाउने पनि निर्णय गरिएको छ ।
Comments