Sajhamanch Archive

नगरप्रमुख शिवाकोटीको स्वास्थ्य अवस्था सामान्य हुँदै

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । यहाँस्थित बिएण्डसी टिचिङ हस्पिटलमा उपचाररत बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको स्वास्थ्य अवस्था सामान्य रहेको तथा आज दोस्रो दिनको खानामा सफ्ट–डाइट दिन सुरु गरिएको छ ।

हिजो शल्यक्रिया गरी अस्पतालमा सघन उपचारकक्षमा उपचाररत नगरप्रमुख शिवाकोटीको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालका जनसम्पर्क प्रमुख प्रोमिश गिरीले आज अपरान्ह प्रेस नोट जारी गरेर अवगत गराएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *