Sajhamanch Archive

बिर्तामोडबासीलाई गणतन्त्र दिवसः भोलिदेखि व्यवसाय सहज हुने

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । लकडाउनको पालना नगरी सहरमा भिडभाड बढेको भन्दै अघोषित कफ्र्यु रहेको बिर्तामोड नगरपालिका क्षेत्रमा भोलिदेखि संघीय सरकारको निर्णयानुसार हुने भएको छ ।

मंगलबार नगरपालिकामा भएको छलफलको निश्कर्ष र आज बुधबार उद्योगी व्यवसायीको आग्रह पछि नगरपालिकाले आफ्नो निर्णयमा पुनःविचार गरेको हो ।

जसअनुसार भोलि जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि पालो मिलाएर अत्यावश्यक वस्तु तथा सेवा सञ्चालन गरिने भएको छ । बिर्तामोड नगरपालिका कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन समितिको आजको बैठकको निर्णयाअनुसार खाद्यान्न पसलहरु र निर्माणजन्य तथा अत्यावश्यक सामाग्रीका पसलहरु जोर बिजोर बार पारेर बिहान ७ बजेदेखि १० बजे सम्म खोल्न पाउने भएको छ ।

यस्तै बैंक तथा बित्तीय संस्थाहरु १० बजेदेखि १ बजेसम्म खोल्ने निर्णय भएको छ । सोका लागि बैंकर संघको समयतालिका पालना गरिनेछ ।

सामान लोड अनलोड बेलुकामात्र गर्ने निर्णय भएको जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *