एनएमसी झापाको अन्तिम लेखा परीक्षणका लागि कोटेशन आह्वान
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
कर्पाेरेट कार्यालयः मेचीनगर–६, झापा, प्रदेश नं. १
अन्तिम लेखा परीक्षणका लागि कोटेशन आह्वान
प्रथमपटक प्रकाशित मितिः २०७७।२।१५
यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) को आ.व. २०७६/०७७ को अन्तिम लेखा परीक्षण गर्नको लागि लेखा परीक्षक नियुक्ति गर्नुपर्ने भएको हुँदा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट लेखा परीक्षण गर्न ‘क’ वर्ग इजाजत प्राप्त इच्छुक लेखा परीक्षण फर्म/संस्थाले लेखा परीक्षण शुल्कसहित संस्थाको प्रधान कार्यालय काँकरभिट्टामा प्राप्त हुने गरी निवेदन पेस गर्नहुन सूचना आह्वान गरिन्छ ।
संस्थाको संक्षिप्त जानकारी र लेखा परीक्षणमा आवश्यक पर्ने विवरणहरुः
- संस्थाद्वारा हाल बैंकिङ व्यवसाय, डेरी व्यवसाय, सहकारी पसल र नमूना कृषि फर्म सञ्चालनमा रहेका छन् ।
- बैंकिङ व्यवसायका कूल ३८ वटा शाखा कार्यालयहरु र सहकारी पसलका कूल ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।
व्यवसायगत रुपमा छुट्टाछुट्टै कूल ४ वटा लेखा परीक्षण प्रतिवेदन र एकीकृत प्रतिवदेन १ गरी जम्मा ५ वटा लेखा परीक्षण प्रतिवेदन तयार गर्नुपर्नेछ । - लेखा परीक्षण शुल्क उल्लेख गर्दा लेखा परीक्षण शुल्क, यातायात, खाना–बस्नलगायत लेखा परीक्षण कार्यसँग सम्बन्धित सम्पूर्ण रकम एकमुष्ट कोटेसनमा उल्लेख गर्नुपर्नेछ । स्वीकृत रकम एकमुष्ट बिलका आधारमा संस्थाले भुक्तानी गर्नेछ । संस्थाको अन्तर कार्यालयहरुमा पुग्ने यातायातको व्यवस्था संस्थाले गर्नेछ ।
- संस्थाको २०७७ बैसाख मसान्तको वासलात अंक रकम ९ अर्बको रहेको छ ।
- कोटेशन संस्थाको आधिकारिक इमेल ठेगानाः [email protected] मार्फत पनि पेस गर्न सकिन्छ ।
- कोटेशन पेस गर्ने अन्तिम मितिः २०७७/२/२३ गते शुक्रबार
थप जानकारीका लागि सम्पर्क
९८५२६८९४१७/९८५२६८९४२०
Comments