सामाजिक एवम् सहकारी अभियन्ता महेन्द्रकुमार गिरीलाई पितृशोक
Published:
by .बिर्तामोड। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपानेका सदस्य सचिव एवम् प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी पितृशोकमा परेका छन् । उनका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा बिर्तामोड २ चारपाने स्थित निजी निवासमा शनिबार अपराह्न ५ बजे निधन भएको हो ।
एकका लागि एक अभियानका संयोजक, सामाजिक अभियन्ता महेन्द्रकी आमा बसुन्धरा गिरीको २०६६ सालमा नै निधन भइसकेको छ । स्वगीय बमबहादुर गिरीका दुई छोराहरु महेन्द्र र राजुसहित बुहारीहरु ज्योति र मीना छन् । यस्तै दुई छोरीज्वाईंहरु निर्मला–लोकबहादुर भारती र मीना– ध्यानबहादुर भारती रहेका छन् ।
सहकारी अभिययन्ता महेन्द्रकुमार गिरी सहारा नेपालको सदस्य सचिव, राष्ट्रिय सहकारी बैंकको सञ्चालक तथा प्रदेश १ को संयोजक, झापा जिल्ला सहकारी संघको उपाध्यक्षको जिम्मेवारीमा छन् ।
स्वर्गीय बमबहादुर गिरीको शनिबार साँझ नै कोटीहोमस्थित कनकाई आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Comments