Sajhamanch Archive

कमल गाउँपालिकाको स्वास्थ्य सेवा अब नरोकिने

Published: (Updated: ) in समाज, स्थानीय तह by .

कमल । स्थानीयहरुको समूहले स्वास्थ्यकर्मी माथि गरेको व्यवहारका कारण स्थगित रहेको कमल गाउँपालिकाको स्वास्थ्य सेवा सुचारु हुने भएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मी र नगारिक समाजका बीच एक आपसमा भएका असमझदारी हटाउँदै अघि बढ्ने आइतबार सहमति भएको हो ।

आइतबार भएको छलफलमा दुवै पक्षबाट भएका कमिकमजोरीहरु स्वीकार गर्दै आगामी दिनमा कुनै पनि गल्ती नदोहोर्याउने निश्कर्षसहित सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जनाएका छन् ।

अबका दिन नागरिक समाजले स्वास्थ्य कर्मचारीको संरक्षक भई अघि बढ्ने प्रतिवद्धता जनाएको छ । यो सहमतिसँगै स्वास्थ्यकर्मीले बन्द गरेका सेवाहरु पुनः सञ्चालन हुने भएको हो ।

केही दिन पहिले स्थानीयहरुकोे एक समूहले स्वस्थ्यकर्मी माथि अपशब्द प्रयोग गर्दै धम्की दिएका थिए । सो घटनाबाट उत्पन्न विवादका कारण गाउँपालिकाका स्वस्थ्यकर्मीले अतिआश्यक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प बनाएका थिए ।

स्वस्थ्यकर्मीले सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने अडान लिएपछि आइतबार जनप्रतिनिधिको उपस्थितिमा स्वस्थ्यकर्मी र नागरिक समाजका बीच गरिएको छलफलबाट समस्या समाधान उन्मुख भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *