Sajhamanch Archive

नवीकरण तथा सूचिकरणका लागि आवेदन आह्वान

Published: in विज्ञापन, सहकारी by .

असल संस्कार र समृद्धिका लागि एनएमसी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP

कर्पाेरेट कार्यालय, मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मिति : २०७७।२।२६

१. सञ्चारमाध्यम नवीकरण तथा सूचिकरण सम्बन्धमा

संस्थाका सूचनाहरुलाई सदस्य र समुदायमाझ प्रभावकारी तरिकाले सूचना सम्प्रेषण गर्नको लागि सूचना सम्प्रेषणका माध्यमहरु एफएम, छापा मिडिया र अनलाइन मिडिया मार्फत समुदायमा पुर्याउन उक्त मिडियाहरुलाई संस्थागत रुपमा सूचिकरण गरी वार्षिक रुपमा सम्झौता गरिने भएकाले आ.व. २०७६/०७७ का लागि सूचिकृत भएकाहरु मध्ये आ.व. २०७७/०७८ को सम्झौता नवीकरण गर्न इच्छुकहरुलाई नवीकरणको लागि आह्वान गरिन्छ । साथै सूचिकरण हुन इच्छुक सञ्चारमाध्यमहरुलाई समेत आफूले लिने शुल्कसहित निवेदन/कोटेसन आह्वान गरिन्छ ।

नोटः आवेदनका साथ फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेस गर्नु पर्नेछ ।

२. मसलन्द सामग्री छपाईका लागि सूचीकरण सम्बन्धमा

संस्थाको तर्फबाट विभिन्न प्रयोजनका लागि विभिन्न प्रकृतिका छपाई सामग्रीको आवश्यकता पर्ने हुनाले सूचिसहित आ.व. २०७७/०७८ का लागि सूचिकरणका लागि आह्वान गरिन्छ ।

नोटः आवेदनका साथ फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेस गर्नु पर्नेछ ।

३. इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरु सूचीकरण सम्बन्धमा

संस्थाको तर्फबाट विभिन्न प्रयोजनका लागि विभिन्न प्रकृतिका इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्रीहरुको आवश्यकता पर्ने हुनाले संस्थाले उपलब्ध गराएको विवरणसहित आ.व. २०७७/०७८ का लागि सूचिकरणका लागि प्रदायक फर्म तथा कम्पनीहरुलाई आह्वान गरिन्छ ।

नोट:  कोटेसनका साथ फर्म दर्ताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ ।

४. स्टेशनरी तथा मसलन्द सामग्री आपूर्तिका लागि सूचीकरण सम्बन्धमा

संस्थाको तर्फबाट विभिन्न प्रयोजनका लागि विभिन्न प्रकृतिका मसलन्द तथा स्टेशनरी सामग्रीको आवश्यकता पर्ने हुनाले आ.व. २०७७/०७८ का लागि सूचिकरणका लागि आह्वान गरिन्छ ।

५. फर्निचर सामग्री आपुर्तिका लागि सूचीकरण सम्बन्धमा

संस्थाको तर्फबाट विभिन्न प्रयोजनका लागि विभिन्न प्रकृतिका फर्निचर सामग्रीको आवश्यकता पर्ने हुनाले आ.व. २०७७/०७८ का लागि सूचिकरणका लागि आह्वान गरिन्छ ।

६. इन्टेरियर डेकोरेटर्सका लागि सूचीकरण सम्बन्धमा

संस्थाको तर्फबाट विभिन्न प्रयोजनका लागि विभिन्न प्रकृतिका इन्टेरियर डिजाइनको आवश्यकता पर्ने हुनाले आ.व. २०७७/०७८ का लागि सूचिकरणका लागि आह्वान गरिन्छ ।

७. नगद राख्ने भल्टका लागि सूचीकरण सम्बन्धमा

संस्थाको तर्फबाट विभिन्न कार्यालयका लागि नगद राख्ने भल्टको आवश्यकता पर्ने हुनाले आ.व. २०७७/०७८ का लागि सूचिकरणका लागि आह्वान गरिन्छ ।

नोट : आवेदनका साथ फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेस गर्नु पर्नेछ ।

८. रङ रोगन सामग्रीका लागि सूचीकरण सम्बन्धमा

संस्थाको तर्फबाट विभिन्न कार्यालयका लागि रङ रोगनको आवश्यकता पर्ने हुनाले आ.व. २०७७/०७८ का लागि रङ रोगन सामग्री बिव्रmी प्रयोजनार्थ सूचिकरणका लागि आह्वान गरिन्छ ।

नोट: आवेदनका साथ फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेस गर्नु पर्नेछ ।

९. एनएमसी ट्याग तथा कोटेसन प्लेट सूचीकरण सम्बन्धमा

संस्थाका लागि एनएमसी ट्याग तथा प्लेटको आवश्यकता पर्ने हुनाले आ.व. २०७७/०७८ का लागि इच्छुक फर्मबाट सूचिकरणका लागि आह्वान गरिन्छ ।

नोटः आवेदनका साथ फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेस गर्नुपर्ने छ ।

१०. अफिसियल टि–सर्टका लागि सूचीकरण सम्बन्धमा

संस्था अन्तर्गतको विभिन्न व्यवसायमा कार्यरत कर्मचारीका लागि टि–सर्टको आवश्यकता पर्ने हुनाले आ.व. २०७७/०७८ का लागि आफ्नो फर्मबाट प्रदान गर्न सकिने दर रेटसहित सूचिकरणका लागि आह्वान गरिन्छ ।

नोट : आवेदनका साथ फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेस गर्नु पर्नेछ ।

११. फिनेल तथा सेनिटाइजर लागि सूचीकरण सम्बन्धमा

संस्थाको तर्फबाट विभिन्न कार्यालयका लागि फिनेल तथा सेनिटाइजर आवश्यकता पर्ने हुनाले आ.व. २०७७/०७८ का लागि सूचिकरणका लागि आह्वान गरिन्छ ।

नोटः आवेदनका साथ फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेस गर्नु पर्नेछ ।

पुनश्चः

१. आवेदनका साथ व्यक्ति, फर्म तथा कम्पनीले आफ्नो ठेगाना, इमेल ठेगाना, फोन नं., मोबाइल नं., वेबसाइट (उपलब्ध भए) अनिवार्य रुपमा उपलब्ध गराउनु पर्नेछ ।

२. संस्थाले उल्लेख भएबमोजिमको सेवा दिन सूचिकृत भएका फर्म तथा कम्पनीसँग मात्र कोटेसन आह्वान गर्नेछ ।

३. संस्थालाई आवश्यक पर्नसक्ने सामग्रीहरुको सूचि संस्थाको कर्पाेरेट कार्यालयस्थित प्रशासन विभागबाट प्राप्त गर्न सकिनेछ ।

४. संस्थाको आवश्यकताका आधारमा माग भएका सामग्री तोकिएको समयमा तोकिएको गुणस्तरमा उपलब्ध गराउन नसक्ने फर्महरुलाई सूचिकरणमा नराख्न समेत सकिनेछ ।

५. आवेदन पेस गर्ने अन्तिम मिति : २०७७ असार ५ गते शुक्रबार कार्यालय समयभित्र ।
६. आवेदन पेस गर्ने स्थानः संस्थाको प्रधान कार्यालय, मेचीनगर–६, काँकरभिट्टासहित एनएमसी बैङ्किङ व्यवसायका सम्पूर्ण कार्यालयहरु ।

थप जानकारीका लागिः मोवाइल नम्बरः ९८५२६८९४१५ (प्रशासन विभाग)

– कर्पाेरेट कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *